×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्यानडा सिरिज र लिग–२ का लागि नेपाली टोलीको घोषणा

२२ माघ २०८०

२२ माघ ,काठमाण्डौ ।
नेपाल क्रिकेट संघले यसै साता क्यानडासँग खेलिने एकदिवसीय सिरिज र अर्को साता हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । प्रशिक्षक मोन्टी देशाईले रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका हुन् । दे

शाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवर दिएका छन् । यी दुवै खेलका लागि १५ सदस्यीय टोली सार्वजनिक भएको हो । नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्ने भएपछि टोली घोषणा गरिएको हो । उता आगामी फेब्रुअरी १५ देखि २४ सम्म नामिबिया र नेदरल्यान्ड्ससँग लिग–२ को पहिलो त्रिकोणात्मक सिरिज खेल्नेछ ।

Advertisement
Advertisement

क्यानडाविरुद्धको सिरिजबाट यू–१९ विश्वकपमा खराब प्रदर्शन गरेका गुल्शन झा भने यो टोलीमा छैनन् । यू–१९ विश्वकपमा लगातार खराब प्रदर्शन गरेपछि गुलशन झा क्यानाडाको सिरिजबाट बाहिरिनु परेको हो । यू–१९ विश्वकपमा गुल्शन बलिङ र ब्याटिङमा दुवैमा असफल सावित भए ।

यो सिरिजका लागि नेपाल यू–१९ कप्तान देव खनालसहित तीव्र गतिका बल आकाश चन्द र विश्वकप गुमाएका हेमन्त धामी टोली समेटिएका छन् । क्यानाडाविरुद्धको सिरिजमा परेका आकाशले यू–१९ विश्वकपमा अफगानिस्थानविरुद्ध ५ विकेट लिएका थिए । विश्वकपभर आकाशले बलिङ र ब्याटिङ दुवैमा आफूलाई प्रमाणित गरेका थिए ।

भारतविरुद्धको अन्तिम खेलमा आकाश र दुर्गेश गुप्ताले कीर्तिमानी साझेदारी गरे । उनीहरूले १० औँ विकेटका लागि नटआउट ४५ रनको साझेदारी गरेका थिए । सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि रिजन ढकालले मौका पाएका छन् । बागमती प्रदेशका बायाँ हाते बलर ढकाललाई देशाईले समावेश गरेका छन् ।

उता पवन सर्राफ र अनिल शाह पनि टोलीमा फर्किएका छन् । क्यानडाविरुद्धको सिरिजमा दीपेन्द्रसिंह ऐरी र करण केसीलाई आराम दिने निर्णय देशाईले गरेका छन् । त्रिकोणात्मक सिरिजमा रिजन ढकाललाई यथावत राखिएको छ । देशाईले १५ सदस्यीय टोलीमा अर्जुन साउदलाई पनि दोस्रो विकेटकिपरका रुपमा लिएका छन् ।

क्यानले घोषणा गरेको टोलीमा क्यानडा सिरिजका लागि ः रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

Advertisement

यस्तै त्रिकोणात्मक सिरिजमा ः रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल सहभागि छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top