रोनाल्डो र नेयमारको जन्मदिन एकैदिन

२१ माघ ८०, सोमबार

२२ माघ ,एजेन्सी ।
स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको आज जन्मदिन । आजबाट उनी ३९ वर्ष लागेका छन् । रोनाल्डोको जन्म सन् १९८५ फेब्रुअरी ५ मा पोर्चुगलको फुन्चालमा भएको थियो । विश्वकप उपाधिबाहेक विश्व फुटबलमा पाउनुपर्ने सबै उपाधि उनले प्राप्त गरिसकेका छन् ।

उनलाई यो समयको एक महान फुटबलर मानिन्छ । फोर्ब्सका अनुसार रोनाल्डो विश्वकै सबैभन्दा बढी धन आर्जन गर्ने फुटबलर हुन् । ३९ वर्षका रोनाल्डो अहिले साउदी अरबको क्लब अल–नासरबाट फुटबल खेल्छन् । गोल मेसिनका नामले परिचित रोनाल्डो पोर्चुगलका मात्र नभएर अन्तर्राष्ट्रिय खेलमा पनि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट १२८ गोल गरेका छन् । रोनाल्डो युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले च्याम्पियन्स लिगमा १४० गोल गरेका छन् । रोनाल्डो विश्वकप फुटबलमा लगातार पाँच संस्करण गोल गर्ने पहिलो खेलाडी हुन् ।

Advertisement

यस्तै, सक्रिय खेल जीवनमा आठ सय गोल गर्ने पनि रोनाल्डो पहिलो खेलाडी हुन् । उनले सन् २००३ देखि अहिलेसम्म ८७३ गोल गरिसके, यो सूचीको दोस्रोमा मेस्सी छन् । मेस्सीले ८२१ गोल गरेका छन् । रोनाल्डो ११ अन्तर्राष्ट्रिय खेलमा लगातार गोल गर्ने एक्ला खेलाडी पनि हुन् ।

उनी अन्तर्राष्ट्रिय खेलमा १० पटक ह्याट्रिक पूरा गर्ने पहिलो फुटबलर हुन् । यसैबीच, आजै ब्राजिलियन स्टार खेलाडी नेइमार जुनियरले पनि जन्मदिन मनाइरहेका छन् । सन् १९९२ मा जन्मिएका नेमार ३२ वर्षका भएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top