×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

अरुण चौधरीलाई २ दिन भित्र छाड्नु पर्ने आदेशको चौतर्फी विरोध

२३ माघ २०८०

२३ माघ, काठमाण्डौ ।

बाँसबारी छाला जुत्ता कम्पनीको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहितलाई २ दिन भित्र रिहा गर्न भनेर काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति चौतर्फी विरोध भएको छ।

Advertisement
Advertisement

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सोमबारको इजलासले व्यवसायी चौधरीसहित संजय ठाकुर र अजितनारायण सिंह थापालाई अनुशन्धानका लागि म्याद थप गर्दै हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो। पहुँचवाला व्यवसायी मुछिएको केसमा अनुसन्धान भइरहँदा अदालतले अनुसन्धानको घेरालाई साँघुरो बनाउने गरी आदेश दिएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ।

अदालतको आदेशपछि प्रहरी समेत दबाबमा परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी सहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो। उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालतले सुरुमा ४ दिनको म्याद दिएको थियो।

उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनीहरुलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो। जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम उक्त आदेश दिइएको बताइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयबाट म्याद थप गर्न माग गर्दा आधार लिएका विषयवस्तुमा प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अदालतको ठहर छ। ‘प्रतिवादीहरुको अनुशन्धान समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नुपर्ने, कागज गराउनुपर्ने भएमा त्यस सम्बन्धमा बुझी, कागज गराउनको लागि मिति २०८० माघ २२ गतेदेखि लागु हुने गरी २ दिनको म्याद थप गरी दिएको छ।

यी प्रतिवादीहरुबाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र सो नभएमा म्याद थप भएको २ दिन भित्र यी प्रतिवादीहरुबाट अब बुझ्नु पर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराइ हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्नु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४९६० बमोजिम यो आदेश गरी दिएको छ’, अदालतको आदेशमा भनिएको छ।

Advertisement
Advertisement

जिल्ला अदालतले सर्तसहित म्याद थपेको आदेश सार्वजनिक भए लगत्तै अदालतको आलोचना पनि सुरु भएको छ। कानुनका जानकारदेखि सर्वसाधारणसम्मले आलोचना गरिरहेका छन्। चौधरी प्रक्राउ परेलगत्तै उद्योगीहरुले पत्रकार सम्मेलन नै गरेर धरपकड गरिएको भन्दै आपत्ति जनाएका थिए भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारमाथि नै दबाब आएको सार्वजनिक अभिब्यक्ति दिएका थिए । अरुणले भने प्रारम्भिक बयानका क्रममा जग्गा फिर्ता गर्न तयार रहेको बताएको प्रहरी स्रोतले बताएको छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top