×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एभरेष्ट इन्टरहाउस फुटबल सम्पन्न

२५ माघ २०८०

२५ माघ, विराटनगर ।
विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी इन्टर हाउस फुटबल टुर्नामेन्ट आज सम्पन्न भएको छ । प्रतियोगितामा चार समूहबाट चार–चार हाउसले सहभागिता जनाएका थिए । ती मध्ये विजयी दुई दुई टीमले उपाधिका लागि आज प्रतिष्पर्धा गरेका हुन् । जस अन्तर्गत कक्षा कक्षा ३,४ र ५को समूहबाट कोशी र गण्डकी फाइनल खेलेका हुन् ।

Advertisement
Advertisement

जसमा कोशीले गण्डकीलाई शुन्यका विरुद्ध ३ गोल गर्दै उपाधि जितेको छ । कोशीका लागि मौसमकुमार मेहताले २ गोल र हिमाल सागर आचार्यले १ गोल गरे । मेहता प्लेयर अफ द टुर्नामेन्ट र आचार्य म्यान अफ द म्याच घोषित भए । कक्षा ६ र ७ को समूहबाट फाइनल खेलेका मेची र गण्डकी हाउसमा टाईब्रेकरमा गण्डकी विजयी भयो ।

निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउट गराइएको थियो । त्यसमा पनि तीन– तीन गोलको बराबरी भएपछि टाइब्रेकरमा गण्डकी विजयी भएको हो । टाईब्रेकरमा गण्डकी विजयी म्यान अफ द म्याच सामर्थ्य पाठक र प्लेयर अफ द टुर्नामेन्ट उत्कर्ष ढकाल भए । कक्षा ८ र ९ को फाइनलमा कोशी र कर्णालीले फाईनल खेले ।

जसमा कोशीले ५– ० को फराकिलो जित निकाल्यो । म्यान आफ द म्याच रुपक दाहाल हुँदा प्लेयर अफ द टुर्नामेन्ट रायन पोखरेल घोषित भए । छात्रा तर्फ लोटस हाउस विजयी बन्यो । निर्धारित समयमा दुबै टीमले गोलरहित बराबरी खेले । पेनाल्टीमा ३–० अन्तरले लोटस विजयी भएको हो ।

उक्त समूहबाट म्यान अफ द म्याच सेबिका कटुवाल र प्लेयर अफ द टुर्नामेन्ट मानस्वी कोइराला भइन् । प्रतियोगिताका विजेता र उपबिजेतालाई विद्यालयका अध्यक्ष विनोद ढकाल, प्रीन्सिपल टिकाराम पुरी, भाइस प्रीन्सिपल टीएन भण्डारी र नारायण कडरिया लगायतले ट्रफी र मेडल वितरण गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top