×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

वुमन्स प्रिमियर कपः नेपालको विजयी सुरुवात

२७ माघ २०८०

२७ माघ, एजेन्सी ।

नेपालले वुमन्स प्रिमियर कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा हङकङमाथि ८ विकेटको जित निकाल्दै सुखद सुरुवात गर्न सफल भएको हो । हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले ओभरमा २ विकेट गुमाएर पुर्यायो ।

Advertisement
Advertisement

नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बल खेल्दै ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रन बनाइन् । यस्तै सिता राना मगर ३८ बल खेल्दै १ चौका र १ छक्कासहित ३६ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि इन्दु र सिता मिलेर ७६ रनको साझेदारी गरेका थिए । यो नेपालका लागि महिला अन्तराष्ट्रिय टि–२० मा तेस्रो सर्वाधिक साझेदारी हो ।

नेपालको सर्वाधिक चार साझेदारीमा नै यी दुईको नाम रहेको छ । अर्कोतर्फÞ रुबिना छेत्री शुन्यमा नटआउट रहिन् । ओपनर कविता कुँवर १२ बल खेल्दै ४ रन बनाएर आउट भएको थिइन् । हङकङका लागि इक्रा सहर र चान का यिंग क्यारीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको हो । हङकङका लागि कप्तान चान का यिंग क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन बनाइन् । यस्तै मर्यम बिबीले १९ बल खेल्दै सर्वाधिक १८ रन बनाइन् ।

यस्तै यास्मिन दस्वानीले २१ बल खेल्दै १५ रन बनाएर हिट विकेट हुन पुगिन् । ओपनर नताशा माइल्सले १९ बलमा ११ रनको योगदान गरिन् । हङकङका अन्य ब्याटरले दोहोरो अंक पनि छुन सकेनन् । नेपालका लागि रुबिना क्षत्रीले र पुजा महतोले सर्वाधिक २–२ विकेट लिए ।

रुबिनाले ४ ओभरमा १५ रन खर्चिंदै २ विकेट लिइन् भने पूजाले ४ ओभरमा १९ रन खर्चिन् । यस्तै सिता राना मगरले ४ ओभरमा २२ रन दिँदै १ विकेट लिइन् । एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ ।

Advertisement
Advertisement

१६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन् । यस्तै सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कप खेल्ने छन् । नेपाल रहेको समूह बी मा हङकङ बाहेक माल्दिभ्स र भुटान रहेका छन् । नेपालले आइतबार भुटानसँग खेल्ने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top