NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

बजेट अभावमा छट्पटाउँदै विराटनगरका मेयर ! सडकमा पार्किङ निषेध गर्ने निर्णयबाट किन ब्याक भए ?

आइतवार माघ २८ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
बजेट अभावमा छट्पटाउँदै विराटनगरका मेयर ! सडकमा पार्किङ निषेध गर्ने निर्णयबाट किन ब्याक भए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ माघ, विराटनगर ।
सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनताका धेरै नै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै भएको देखिन्छ । पछिल्लो पटकको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २० महिना पूरा भएको छ । कतिपय स्थानीय सरकारबीच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ ।

सधैं भेटिने भएकाले जनताले स्थानीय सरकारका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका हुन्छन् । कोशी प्रदेशको एकमात्रै महानगरपालिका र प्रदेशको राजधानी पनि भएकाले विराटनगरका हरेक कार्यलाई जनताले झनै नजिकबाट हेरिरहेका हुन्छन् । संविधानले स्थानीय तहलाई अधिकार दिए पनि बजेट अभावले कार्य गर्न समस्या भइरहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बताउँछन् ।

आन्तरिक स्रोतको कमी र संघीय सरकारले कम बजेट दिँदा जनताका आकांक्षा पूरा गर्न निकै गाह्रो परेको कोइरालाले अनुभव सुनाए । स्थानीय तह सञ्चालन गर्दा हालसम्मको अनभुव, स्थानीय सरकारको दायित्व, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर मेयर कोइरालासँग गरिएको कुराकानीः–

LS Auto

कार्यभार सम्हालेपछि अहिलेसम्म के–के गर्नुभयो ?
= निर्वाचित भएर मैले कार्यभार सम्हालेपछि धेरै नै काम भएका छन् । सुशासन, जवाफदेहिता र जिम्मेवारीलाई मैले उच्च प्राथमिकतामा राखेर काम गरेको छु । कर्मचारी साथीहरूले विगतमा कसले के गर्नुभयो मलाई थाहा छैन तर म आइसकेपछि सबैले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गरिहनुभएको छ । हामी जनप्रतिनिधिले नीति बनाउने हो त्यसको कार्यान्वयन त कर्मचारीहरूले गर्ने हो । सीमित स्रोत र साधनका बीच पनि हामीले महानगरवासीका असीमित चाहना परिपूर्ति गर्न लागि परेका छौं । फुटपाथ नियन्त्रण गरेर पसल अगाडिको सेटव्याक हटाएका छौं । जसले गर्दा आवतजावत गर्न सहज भएको छ । ‘उज्यालो विराटनगर’अन्तर्गत महानगरका मुख्य सडकमा बत्ती लगाएका छौं । रातको समयमा हवाई जहाजबाट हेर्दा सबैभन्दा उज्यालो यहाँहरूले देख्नुभयो भने त्यो विराटनगर हो । यससँगै लत्रिएका तारको व्यवस्थापन गरेका छौं । सरसफाईलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेका छौं । १९ वटै वडामा अधिकृतस्तरका सचिवको व्यवस्था, कर संकलन अभियान सञ्चालन गरेर आन्तरिक आय वृद्धि, भौतिक पूर्वाधारको निर्माणसँगै स्वास्थ्य, शिक्षालगायमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने काम भएका छन् ।

सडकलाई पार्किङ निषेध गर्नुभएको थियो, तर अहिले फेरि सडकमै सवारी पार्किङ भएको देखिन्छ किन यस्तो भयो ?
= सडक भनेको सहज रूपमा आवतजावत गर्नका लागि हो । यहाँहरूले पनि देख्नुभएको होला विदेशमा कहिं पनि सडकमा पार्किङ गर्ने गरेको पाइँदैन । सडक भनेको सवारी साधन आवतजावतका लागि हो । सडकमा पार्किङ निषेध गर्दा आवतजावत गर्न सहज भएको थियो । तर महानगरपालिकाको एक्लो प्रयासले मात्रै नहुँदो रहेछ । हामीले जनताका लागि काम गर्ने हो । सडकमा पार्किङ निषेध गर्दा विराटनगरको व्यापार भएन भनेर व्यापारीहरूले व्यापक गुनासो गर्नुभयो । महानगरको निर्णयकै कारण व्यापारीहरूले सटर बन्द गर्नुपर्ने अवस्था आयो भन्ने गुनासो पनि आयो हामीसित । ज्ञापनपत्र पनि दिन आउनुभयो । हाम्रा कारणले व्यापारीहरू पलायन नहोउन् भन्ने नै हो । त्यही भएर हामीले पार्किङलाई पूर्वत् अवस्थामै छाडिदियौं । तर मलाई अचम्म लाग्छ अहिले अझै सटरहरू खाली देख्छु । रोडमा हिंड्दा ‘भाडाका लागि सटर खाली छ’ भनेर लेखिएका खाली सटरहरू जताततै देखिन्छ । आखिर पार्किङका कारण त व्यापार नभएको त होइन रहेछ नि । हामीले पार्किङ खोलिदिएपछि त विराटनगरको बजार गुल्जार हुनुपर्ने होइन् ? खोई त झनै सटरहरू खाली छन् । यसको कारण के हो त ? व्यापारीहरूले बुझ्ने कुरा हो । जोगबनीका कारण यहाँको व्यापार चलेन भन्सार नाकामा कडाइ गरिदिनुप¥यो भन्दै आउनुभयो व्यापारीहरू । भन्सार नाकामा कडाइ गर्ने अधिकार हाम्रो होइन । तर पनि हामी जनताका प्रतिनिधि हौं । उहाँहरूले हामीबाट अपेक्षा राख्नु स्वभाविकै हो । त्यसपछि हामीले समन्वय गरेर सिडिओ, एसपी, भन्सार प्रमुख, राजस्व कार्यालयका प्रमुखसहित सबै सरकारवालाको बैठक राख्यौं । सम्बन्धित निकायले भन्सार नाका कडाइ गर्ने निर्णय पनि भयो । तर उद्योगी व्यापारीहरूकै असहयोगका कारण भन्सार नाका कडाइ गर्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन । महानगरले त समन्वय गरिदिने हो । हामीले भन्सारमा लगेर हाम्रा प्रहरी राख्ने होइन । त्यो हाम्रो क्षेत्राधिकारभित्र पनि पर्दैन । तर भन्सार नाका कडाइ गर्ने भनेर निर्णय भइसकेपछि सम्बन्धित निकायलाई खबरदारी गर्ने दायित्व त यहाँका उद्योगी व्यवसायी र उनीहरूको संगठनको जिम्मेवारी हो नि । तर उहाँहरूले गर्नुभएन । हाम्रोतर्फबाट विराटनगरको व्यापार प्रवद्र्धन र व्यवस्थित बनाउने काममा कहिंकतै कमी भएको जस्तो लाग्दैन । सबै काम महानगरले मात्रै गरेर पनि साध्य छैन । विराटनगर बनाउने दायित्व सबैको हो भन्ने मलाई लाग्दछ ।

विराटनगर महानगरपालिका भएर पनि आर्थिक रूपमा चाँही किन कमजोर ?
= विराटनगर महानगरपालिकाको आन्तरिक स्रोत एकदमै कमजोर छ । जबसम्म महानगरको आन्तरिक स्रोत बलियो हुँदैन तबसम्म जनअपेक्षाअनुसार कार्य गर्न सक्दैनौं । जनताका आकांक्षा पूरा गर्न हामीसित पर्याप्त बजेट हुनुपर्छ । बजेट नभएपछि जनताका आकांक्षा पूरा गर्न निकै गाह्रो हुँदोरहेछ । तर, पनि सीमित स्रोत र साधनबाट पनि जनताका असीमित चाहना परिपूर्तिमा लागिपरेका छौं । अघिल्लो आर्थिक वर्ष हामीले ६४ करोड ५ लाख राजस्व संकलन गरेका थियौं । त्यसमध्ये ३५ करोड पुरानो दायित्व भुक्तानी गरेका छौं । पुरानो दायित्व सिर्जना भई आएका योजना तथा कार्यक्रमहरूको भुक्तानी अझै पनि भइरहेको छ । आर्थिक वर्ष २०७८÷७९ सम्म रहेको १ अर्ब ६३ करोड ५७ लाख बेरुजुमध्ये १ अर्ब १९ करोड ४२ लाख अर्थात् ७३ प्रतिशत फछ्र्यौट गर्न सफल भएका छौं । बेरुजु फछ्र्यौट गर्ने महानगरपालिकाहरूमध्ये विराटनगर दोस्रो भएको छ । आगामी दिनमा बेरुजुलाई शून्यतातर्फ लाने प्रयन्त गरिरहेका छौं । महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार रूपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । महानगरले चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्म लक्ष्यको २३ दशमलव ५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन गरेका छौं । यो हिसाबले आन्तरिक राजस्वमा लक्ष्य पूरा गर्न निकै कठिन देखिएको छ ।

बजेट अभावकै कारण प्रमुखले बनाउने (नगरस्तरीय) बजेट नबनाउनु भएको हो ?
= हरेक पालिकाले नगरस्तरीय बजेट बनाउने गरेका छन् । तर विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा नगरस्तरीय बजेट बनाउन सकेन । त्यसको मुख्य कारण भनेको बजेट अभाव नै हो । कागजमा मात्रै बजेट बनाएर भएन । स्रोत हुनुप¥यो । नगरस्तरीय बजेट नबन्दा विगतदेखि पाउँदै आएका धेरै संघसंस्थाले यसपटक बजेट पाउनु भएन । अहिले पनि थुप्रै संघसंस्था बजेट माग्दै आउनुहुन्छ । बजेट छैन भन्यो भने रिसाएर जानुहुन्छ । बजेट भइभई नदिएको होइन । यदि हुन्थ्यो भने त यहींको विकासका लागि खर्च गर्ने हो नि, हामी जनप्रतिनिधिले त्यो बजेट घर लाने होइन । यो कुरा बुझिदिन सबैलाई आग्रह गर्दछु । महानगरको आर्थिक अवस्था बुझिदिन म विराटनगरवासीलाई हार्दिक अनुरोध पनि गर्दछु ।

बजेट अभावका बीच विकास निर्माणका कार्यहरू चाँही कसरी अगाडि बढिरहेका छन् ?
= हामीसित भएको स्रोत अनावश्यक क्षेत्रमा खर्च गरेका छैनौं । हामीसँग भएको सीमित स्रोत र साधनलाई महानगरवासीको हितमा अधिकतम प्रयोग गरिरहेका छौं । सीमित स्रोतबाटै भए पनि भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइरहेका छौं । रानीपोखरी, मण्ठापोखरी, प्रधानमन्त्री पार्क, बाल उद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर ५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडकसहित १ अर्ब १५ करोडभन्दा बढी विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेका छन् । महानगरको प्रशासनिक भवनको हालसम्म ३५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी नयाँ प्रशासनिक भवनबाट कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको छ । करिब २२ करोड लागतको वीरेन्द्र सभागृह निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा पुगेको छ । विराट राजाको दरबार परिसरमा झण्डै १ करोड लागतमा पोखरी निर्माण भइसकेको छ । विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतानुसार जाइकाको आर्थिक सहयोगमा निर्माण हुने खानेपानी आयोजना ठेक्का प्रक्रियामा गइसकेको छ । सडक, ढल, नाला तथा फोहोर व्यवस्थापनका लागि संघीय सरकारमार्फत दातृ संस्थाहरूको सहयोग जुटाउनका लागि पहल भइरहेको छ । विराटनगरको विकासका लागि अन्य दातृ निकायहरूसित पनि निरन्तर संवाद र छलफल भइरहेको छ ।

भौतिक विकास मात्रै विकास होइन भन्दै आउनुभएको छ । अन्य क्षेत्रको विकासको अवस्था के छ ?

= भौतिक विकास सँगसँगै मानव विकास पनि हुनु जरुरी छ । हामीले मानव विकासलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौं । खासगरी शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेका छौं । शिक्षाको कुरा गर्नुहुन्छ भने सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि पहल भइरहेका छन् । हाम्रो प्रयासका कारण सामुदायिक विद्यालयको गुणस्तरसँगै भौतिक पूर्वाधारको विकास निकै भएको छ । कक्षा ११ को छात्रवृत्ति छनौटको परीक्षा हामी आफैंले लियौं । महानगरले यसअघि कहिल्यै पनि छात्रवृत्तिको परीक्षा लिएको थिएन । यो कार्यले राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गले पाएका छन् । महानगरका सबै सामुदायिक विद्यालयका सम्पूर्ण कक्षाकोठामा पंखा जडान गर्ने कार्य पनि भइरहेको छ । पाठ्यक्रमको पढाइ मात्रै सबै होइन भनेर हामीले विभिन्न खेलकुद प्रतियोगिता (राष्ट्रपति रनिङ शिल्ड), लोकनृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, विज्ञान प्रदर्शनी जस्ता कार्य गरेका छौं । अब स्वास्थ्यको कुरा गर्ने हो भने रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गरेर सुविधा थप गरेका छौं । रानी अस्पतालमा निःशुल्क फिजियो थेरापी उपलब्ध गराउँदै आएका छौं । अघिल्लो वर्ष १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियौं । यस वर्ष पनि जारी छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने अभियान सुरु भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरी मोतियाबिन्दु पहिचान भएकालाई निःशुल्क शल्यक्रिया गर्ने कार्य जारी छ ।

विराटनगरको मुख्य समस्याका रूपमा रहेको डुबान समस्या समाधानका विषयमा के गर्दै हुनुहुन्छ ?

= हो, विराटनगरको डुबानको दीर्घकालीन समाधानको बाटो खोजिनुपर्छ । विराटनगरको पूर्वमा सिंघिया र पश्चिममा केशलिया पर्दछ । दुईवटा नदीको बीचमा विराटनगर पर्दछ । त्यसो भएकाले हरेक वर्षको वर्षायाममा दुवै खोलाको बाढी विराटनगरमा पस्दछ । डुबानको प्रमुख कारण भनेको यिनै दुईवटा खोला हुन् । यी दुवै खोलामा तटबन्ध निर्माण नगरेसम्म विराटनगरको डुबान समस्या दीर्घकालीन रूपमा समाधान हुँदैन । हामी निर्वाचित भएर आइसकेपछि पश्चिमतर्फको केशलिया खोलामा करिडोरसहितको तटबन्ध निर्माण गर्ने प्रक्रिया सुरु भइसकेको छ । यसमा स्वीस सरकारले सहयोग गर्ने भएको छ । त्यसका लागि डीपीआर बनाउने काम भइरहेको छ । सिंघिया खोलाको किनारमा सुकुम्बासी वस्ती धेरै भएकाले उनीहरूको व्यवस्थापन नगरी तटबन्ध निर्माण गर्न गाह्रो छ । त्यसका लागि पनि पहल भइरहेको छ । दुईवटा खोलामा तटबन्धन बनाउने हो भने विराटनगरमा डुबान हुँदैन । हामीले गत वर्ष हिउँदैमा नाला सफा गरेका कारण यस वर्षको वर्षायाममा डुबान भएन । यसपटक पनि हिउँदमै नाला सफा गर्नेछौं । डुबान समस्याको दीर्घकालीन समाधानका लागि सिंघिया र केसलियामा तटबन्ध बनाउनुको विकल्प छैन । केशलियामा तटबन्ध निर्माणका लागि दातृ निकाय र प्रदेश सरकारको सहयोगमा प्रक्रिया अगाडि बढिसकेको छ ।

अब हिउँद लागेको छ, यो समयमा आगलागीका घटनाहरू बढी हुने गरेका छन्, महानगरको वारुणयन्त्र समयमा नपुगेको गुनासो आउने गरेको छ । यसअघि सातघुम्तीको कवाडी पसलमा ढिलो वारुणयन्त्र पुगेका कारण ठूलो क्षति भएको गुनासो आएको थियो यसमा के भन्नुहुन्छ ?

= यो विषयमा यसअघि पनि मैले धेरैवटा मिडियाहरूमा स्पष्ट पारिसकेको छु । महानगरको वारुणयन्त्र चुस्तदुस्त अवस्थामा छ । सुख्खा मौसममा हुने आगलागीप्रति हामी सचेत छौं । यो विषयमा आमसर्वसाधारण पनि सचेत हुनुपर्छ । वारुणयन्त्र छिर्न अवरोध हुनेगरी सडकमा निर्माणसहित अन्य सामग्री राख्नु भएन । दैवीविपत्ती बाजा बजाएर आउँदैन । जुनसुकै बेला घटना घट्न सक्छ । त्यसका लागि आफैं सचेत हुनुपर्छ । सातघुम्तीका विषयमा त मैले प्रमाणसहित धेरैवटा सञ्चारमाध्यममा भनिसकेको छु । बाटोमा उभिएर कसले के भन्यो मलाई त्यसको मतलब छैन । तर हामीसित प्रमाण छ । सातघुम्तीमा आगलागी भएपछि त्यो दिन २ बजेर ९ मिनेटमा वारुणयन्त्रको फोन नम्बरमा जैन भवनको नम्बरबाट फोन आएको छ । अनि हाम्रो वारुणयन्त्र २ बजेर १९ मिनेटमा घटनास्थलमा पुगेको छ । अनि १० मिनेटमा पुष्पलालचोकदेखि घटनास्थलमा पुग्दा कसरी ढिलो भयो ? त्यतिकै कवि भूपि शेरचनले ‘यो देश हल्लैहल्लाको देश’ भन्नुभएको होइन रहेछ । किनभने हामी जनप्रतिनिधिसित रिस उठेको कुनै व्यक्तिले सडकमा उभिएर महानगरको वारुणयन्त्र ढिलो आयो भन्दियो होला अनि त्यसपछि सबैजना कुरै नबुझी त्यसको पछि लाग्नुभयो । वास्तविकता नबुझी हल्लैहल्लाको भरमा दोष दिने प्रवृत्तिले बढ्दै गएको छ । सातघुम्ती आगलागी घटनामात्रै होइन अन्य विषयमा पनि हाम्रो समाज हल्लाको पछाडि कुद्ने गरेको छ ।

महानगरवासीबाट कतिको सहयोग पाउनुभएको छ ?

= महानगरले थुप्रै अभियान सञ्चालन गरेको छ । सरसफाई, उज्यालो विराटनगर, हराभरा विराटनगर, फुटपाथसहितको व्यवस्थित विराटनगर, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोकलगाउने जस्ता महत्वपूर्ण अभियान सञ्चालन ग¥यौं । तर यसमा विराटनगरवासीको सहयोग त्यति पाएनौं । आफ्नो घर र कार्यालय अगाडि सफा राखेर दुई वटा गमला राखौं भनेर मैले हरेक सार्वजनिक कार्यक्रममा महानगरवासीलाई भन्दै आएको छु । हरेक घर अगाडि सफा हुने हो र गमला राखिदिने हो भने कति सुन्दर हुन्थ्यो विराटनगर । घरभित्रबाट फोहोर ल्याएर सडकमा फ्याल्ने संस्कार हटेको छैन विराटनगरमा । जसले सडकमा फोहोर फ्याल्छ उसले नै महानगरले सफा गरेर भनेर हामीलाई गाली गर्छ । स्वास्थ्य र फोहोर व्यवस्थापनको चुनौतीका रुपमा रहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा हामीले रोक लगाएका थियौं । अदालतको आदेशपछि बिक्रीवितरण खुलेको छ । तर हामीले सार्वजनिक स्थलमा खान र जथाभावी फोहोर फ्याल्न रोक लगाएका छौं । अदालतको आदेशपछि त झन् महानगरलाई देखाउन सुर्तीजन्य पदार्थ खाएर जथाभावी खोल फ्यालेको पाइन्छ । अदालतले बेच्न दिन आदेश दिएको हो । सेवन गरेर जथाभावी फोहोर गर्न त आदेश दिएको होइन । फेरि पनि म सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा साथ दिन सबै विराटनगरवासीलाई आग्रह गर्दछु ।

पुरानो र ऐतिहासिक सहर भएर पनि विराटनगर किन पछि परेको जस्तो लाग्छ ?

=विराटनगरको हरेक क्षेत्रमा योगदान रहेको छ । आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा अतुलनीय योगदान रहेको छ । वि.सं. १९९३ सालमा विराटनगर जुट मिल स्थापना भएसँगै नेपालमा आधुनिक औद्योगिक क्रान्ति सुरु भएको हो । सोही उद्योगबाट गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीहरूले सुरु गरेको मजदुर हड्तालकै कारण २००७ सालमा एकतन्त्रीय राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको हो । विराटनगरले देशलाई धेरै नै दियो । तर अहिले यसो सोच्दा देशले विराटनगरलार्ई खासै दिएको रहेनछ भन्ने मलाई लाग्दछ । कुनै बेला देशको दोस्रो ठूलो सहर थियो । तर अहिले त्यो पनि रहेन । विराटनगरको खस्कँदो शाखलाई फर्काउन म लागिपरेको छु । अब सबै मिलेर विराटनगरलाई बनाउनुछ । विराटनगरमा जन्मिएर देश विदेशमा बसोबास गर्नुहुने सम्पूर्णलाई विराटनगरलाई माया गर्न अपिल पनि गर्दछु । विराटनगरले धेरै नेताहरू जन्मायो, उद्योगी, व्यवसायी पनि जन्मायो । तर विराटनगरको सोचेजस्तो किन विकास हुन सकेन भन्ने विषय निकै नै सोचनीय छ । यसो विचार गर्दा विराटनगरको सम्पूर्ण ध्यान राजनैतिक परिवर्तनमा मात्रै गयो । राजनैतिक परिवर्तनको नेतृत्व पनि ग¥यो । त्यसो भएकाले विराटनगरले आफ्ना लागिभन्दा देशका लागि बढी सोच्यो त्यही भएर पनि पछि परेको हो कि भन्ने मलाई लाग्दछ ।

विराटनगरमा आर्थिक विकासको सम्भावना कस्तो देख्नुहुन्छ ?

= विराटनगर आर्थिक विकासको प्रचुर सम्भावना छ । जोगबनी–किमाथांका सडक निर्माण हुँदैछ । यो सडक निर्माण भइसकेपछि विराटनगर चीन र भारतको व्यापारिक केन्द्र बन्ने सम्भावना छ । भौगोलिक बनावटका कारण किमाथांका सडक बाह्रै महिना सञ्चालन हुनसक्छ । साथै चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको पनि सडक हो यो । कोशी प्रदेशको राजधानी भएकाले प्रदेशमा भएका सम्भावनाको फाइदा विराटनगरले लिन सक्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही प्रदेशमा अवस्थित छ । सगरमाथा मात्रै होइन ८ हजार मिटरभन्दा माथिका ८ वटा हिमाल त यसै प्रदेशमा छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सकियो भने बाह्य पर्यटक पनि आउँछन् । विराटनगरबाट माउन्टेन फ्लाइट सञ्चालन गर्दा यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने देखिन्छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिँदै आएको एयर ट्राफिक जामको समस्या पनि समाधान हुन्छ । धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । हलेसी, पाथिभरा, बराहक्षेत्र पनि यही प्रदेशमा छ । १६ लाखभन्दा बढी जनसंख्या भएको छिमेकी मुलुक भारतको बिहार राज्यसित जोडिएको छ विराटनगर । यसबाहेक उत्तरप्रदेश र पश्चिम बंगाल पनि यही छेउछाउमा छन् । यी तीनवटा राज्यमा करिब ५० लाख जनसंख्या छ । त्यसबाट विराटनगरले फाइदा लिन सक्छ । स्वास्थ्य र शिक्षाको हब पनि बन्दै गएको छ विराटनगर । जहाँ दुईवटा मेडिकल कलेज छन् । उत्पादन गर्न सके बजारको अभाव छैन । छिमेकी मुलुकमा जति पनि बेच्न सकिन्छ । कला, साहित्य, संस्कृतिमा समेत विराटनगर धनी छ । १२२ जाति बसोबास गर्ने विराटनगरलाई औद्योगिक, राजनैतिकसँगै सांस्कृतिक नगरीका रूपमा पनि विकास गर्न सकिन्छ । यी सबै सम्भावनालाई अवसरमा बदलेर भावीपुस्ताले गर्व गर्न लायक विराटनगर बनाउने प्रणका साथ कार्य गरिरहेका छौं ।

Tags: #विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला#विराटनगरका मेयर

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ३२ पाकिस्तानी सेना मारिए,किभमा भीषण ड्रोन आ*क्र*मण || Nepal Times

World News: ३२ पाकिस्तानी सेना मारिए,किभमा भीषण ड्रोन आ*क्र*मण || Nepal Times

00:16:20

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

00:14:24

World News:भारतले लगायो टर्कीएलाई प्रतिबन्ध,बंगलादेशमा उथलपुथल || Nepal Times

00:18:46

World News: इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, अमेरिकामा इजरेली कर्मचारी असुरक्षित || Nepal Times

00:15:01

भारतीय ट्राभल एजेन्सी अमेरिकामा ब्याण्ड, चीन–पाकबीच नयाँ सहमति|| Nepal Times

00:12:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
नेपालीको आयु घट्दैः कारण के हो ?

नेपालीको आयु घट्दैः कारण के हो ?

शनिबार भदौ ११ , २०७९

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.