×

NEPAL TIMES UPDATES

Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपाका छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026

छिमेकमा विपक्षी हावी हुँदा इन्डिया गठबन्धन चुनाव नआउँदै कोमामा

२९ माघ २०८०

२९ माघ , विराटनगर ।

छिमेकी पाकिस्तानमा भर्खरै सम्पन्न चुनावमा सम्पुर्ण शक्ति लिएर बसेको सत्तारुढमाथि विपक्षी दल हावी भयो । विपक्षी पीटीआई जसलाई चुनावमा भाग लिन समेत दिइएको थिएन, जसका अध्यक्षलाई विभिन्न आरोपमा जेलमा राखिएको छ, तर उसका समर्थकहरुले स्वतन्त्र उठेर सत्तामा हालिमुहाली गरिरहेकाहरुलाई ठूलै धक्का दिए ।

Advertisement
Advertisement

यद्यपी इमरानका समर्थकहरुले पहिलो स्थानमा आएपछि अब त्यहाँ दोस्रो र तेस्रो राजनीतिक समूहबीच सहकार्य हुने भएको छ । चुनावपछि पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज, र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टीले देशमा राजनीतिक स्थिरता ल्याउन मिलेर काम गर्ने योजना बनाएको बताएका छन् ।

इमरानका समर्थकहरुले भने यसको विरोध गर्ने बताएका छन् । पाकिस्तानमा जनताको मतद्वारा विपक्षीले सत्तारुढलाई हम्मेहम्मे पारिरहँदा यता छिमेकी भारतमा भने चुनाव आउँन बाँकी नै रहँदा विपक्षी गठबन्धन धरमरमा परेको छ ।

आउँदो चुनावमा नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीलाई टक्कर दिन भन्दै गत जुलाईमा भारतका दुई दर्जनभन्दा बढी पार्टीले विपक्षी गठबन्धन बनाएका थिए । प्रमुख विपक्षी दल कंग्रेस र अरु साना क्षेत्रीय दलहरु सम्मिलित गठबन्धनको नाम चलाखीपूर्वक इन्डिया (इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स) राखे ।

यो गठबन्धनको सफलता उनीहरु आपसमा मिल्न सक्छन् कि सक्दैनन् अनि सिट बाँडफाँट गरेर एक पार्टी जसरी भाजपाविरुद्ध मैदानमा उत्रिन सक्छन् कि सक्दैनन् भन्नेमा निर्भर थियो । भारतमा विपक्षीबीच टुटफुट हुँदा सत्तारुढ दललाई जहिले पनि फाइदा पुग्छ । २०१९ को आम चुनावमा मोदीको पार्टीले लोकप्रिय मत ३७ प्रतिशत मात्र पाए पनि लोकसभाका ५४३ मध्ये ३०३ सिटमा विजय हात पारेको थियो ।

तर, ६ महिना नपुग्दै भारतको यो विपक्षी गठबन्धन टुटफुटको सिकार भएको छ । पछिल्लो समय बिहारका मुख्यमन्त्री नितिश कुमारले गठबन्धन छाडेर फेरि भाजपालाई साथ दिएका छन् । जबकी उनले १८ महिनाअघि मात्र भाजपासँगको सहकार्य तोडेका थिए ।

यससंगै अब बिहारका ४० सिटमध्ये अधिकांशमा जित हात पार्न भाजपाले नितिशको जनता दल युनाइटेडसँग सहकार्य गर्नेछ । भारतको भद्रगोल राजनीतिमा दलबदलुहरु देखिनु सामान्य हो । तर कुनै समय विपक्षी गठबन्धनबाट आउँदो प्रधानमन्त्रीका उम्मेदवारका रुपमा हेरिएका ७२ वर्षीय नितिशको दल बदल्ने कार्यले थुप्रैलाई चकित तुल्याएको छ ।

‘उनको बहिर्गमन इन्डिया गठबन्धनका लागि ठूलो धक्का हो । गठबन्धनले ठिकसँग काम गरिरहेको छैन भन्ने सन्देश पनि यसले दिन्छ,’ भारतीय राजनीतिका अध्येता जिल वर्नियर्स भन्छन् । त्यति मात्र होइन । गठबन्धनका दुई क्षेत्रीय नेताहरु, पश्चिम बंगालको तृणमूल कंग्रेसकी ममता बनर्जी र दिल्ली तथा पञ्जाबको आम आदमी पार्टीका अरविन्द केजरीवालले पनि कंग्रेसबाट आफूलाई अलग गरेका छन् ।

आआफ्नो राज्यमा एक्लै चुनाव लड्ने तिनले बताएका छन् । यसको अर्थ ती राज्यमा सिट बाँडफाँड नहुने सम्भावना ज्यादा छ ।मोदी अजेय देखिइरहँदा शिशु अवस्थामा यो गठबन्धन उथलपुथलको सिकार बनेको छ । डिसेम्बरमा भएको विधान सभा चुनावमा भाजपाले छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा जित हात पारेको छ । यो हिन्दीभाषी इलाका हो ।

जनवरीमा अयोध्यामा राममन्दिर उद्घाटन गरेर मोदीले अप्रिल र मेमा हुने आम चुनावको अभियान सुरुवात गरिसकेका छन् । ‘डिसेम्बरपछि भाजपाका लागि सबैथोक नाटकीय रुपमा परिवर्तन भएको छ । भाजपाले चुनाव जित्ने सम्भावना बढेको छ,’ दिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्चका राहुल बर्मा भन्छन् ।

कंग्रेस पार्टीका विषयमा रहेको मतभेदले गठबन्धनलाई अझ नाजुक बनायो । राहुल गान्धी नेतृत्वको कंग्रेस भाजपाको एक मात्र भारतव्यापी विकल्प हो। २०१९ को चुनावमा सो पार्टीले २० प्रतिशत लोकप्रिय मत र लोकसभामा ५२ सिट मात्र जितेको थियो । ‘त्यसमाथि कंग्रेसले अनुचित मात्रामा सिट संख्या माग गर्छ । जसलाई पूरा गर्न उसका क्षेत्रीय साझेदारहरु इच्छुक छैनन्,’ वर्नियर्स भन्छन्, ‘आफ्नै कमजोरीका कारण कंग्रेसलाई विषाक्त साझेदार मान्ने गरिन्छ।’

तर, थुप्रै के विश्वास गर्छन् भने विपक्षीको सारा समस्याको जड कंग्रेसलाई मात्र मान्नु उचित होइन । भारतको चरम प्रतिपस्पर्धात्मक राजनीतिक परिदृश्यमा व्यावहारिकताको जित हुन्छ किनकि हरेक पार्टी आफ्नै स्वार्थ अघि बढाइरहेका हुन्छन् । ‘इन्डिया गठबन्धनका हरेक सदस्यले उनीहरुको साझा स्वार्थलाई भन्दा आफ्नै स्वार्थलाई अगाडि राखिरहेका छन् । उनीहरुका लागि आफ्नै राज्यले मात्र अर्थ राख्छ ।

आम चुनाव हारे पनि ती आफूले शासन गरिरहेको राज्यमा फर्किन सक्छन्,’ वर्नियर्स भन्छन् । तर, झगडाको एउटा पक्ष मात्र हो सिट बाँडफाँट । विश्लेषकहरुका अनुसार भाजपाको हिन्दु राष्ट्रवाद र विकास मिश्रित लोकप्रिय नाराको विकल्पमा अर्को आकर्षक नारा विपक्षीले दिन सकेको छैन ।

भाजपाको संकथनलाई सञ्चारमाध्यम, व्यवसाय र समाजको ठूलो हिस्साको साथ रहेको राजनीतिशास्त्री असिम अली बताउँछन् । ‘जब सामाजिक रुपमा व्यापक समर्थन प्राप्त हुन्छ, तब मात्रै कुनै मुद्दा अगाडि आउँछ,’ उनी भन्छन् ।वर्नियर्स भन्छन्, उठाउनका लागि विपक्षीसँग मुद्दाको कुनै कमी छैन । मोदीले बेरोजगार समस्या समाधान गर्न नसकेको उनीहरुले बताएका छन् ।

तिनले भाजपाको मुस्लिमविरोधी अभिव्यक्तिको भर्त्सना गरेका छन् । सञ्चारमाध्यम, थिंक ट्यांकमाथि आक्रमणको विरोध गरेका छन् । सरकारी एजेन्सीद्वारा राजनीतिक प्रतिद्वन्द्वीलाई दुःख दिने कार्यको आलोचना गरेका छन् । डिसेम्बरमा संसदबाट निलम्बन भएका १४० विपक्षी सांसदहरुको पक्षमा उनीहरुले संयुक्त रुपमा विरोध पनि गरे ।

तथापि उनीहरुलाई एक ठाउँमा गाँस्ने वैचारिक शक्ति नदेखिएको वर्नियर्स बताउँछन् । खासगरी मोदी र भाजपाको हिन्दु राष्ट्रवादका सम्बन्धमा । यो हेर्दा बलियो र भरपुर स्रोतसाधन भएको भाजपा र त्यसका निकै लोकप्रिय नेतालाई चुनौती दिन गठबन्धन गर्नु निकै कठिन काम हो ।जबकी विगतमा स्वतन्त्रतादेखि १९७७ सम्म बिनाअवरोध भारतमा शासन चलाएको कंग्रेसविरुद्ध एकजुट हुन र उसलाई हराउन विपक्षीहरुलाई दशकौँ लागेको थियो ।

उतिबेलाको जनता पार्टी गठबन्धनमा समाजवादीदेखि हिन्दुवादीसम्म अटाएका थिए । तिनले इन्दिरा गान्धीको संकटकालीन शासनविरुद्ध लडे, जतिबेला नागरिक अधिकार कटौती गरिएको थियो । भलै त्यो गठबन्धन आन्तरिक विरोधाभाष र नेताहरुको व्यक्तिगत महत्वाकांक्षाका कारण दुई वर्षभित्रै ढल्यो ।

तर, त्यसले कुनैबेला अपराजेय ठानिएको दललाई सत्ताबाट झारेको थियो । वर्नियर्स भन्छन्, ‘केवल अस्तित्वमाथिकै संकट अथवा बाहिरी झट्काले मात्रै यी अलगथलग पार्टीहरुलाई एक ठाउँमा उभिने वातावरण तयार गर्छ । सामान्य वातावरणमा तिनले एकजुट भएर बलियो सत्तारुढ दललाई चुनौती दिन कठिन छ,’ वर्मा भन्छन् । उसोभए इन्डिया गठबन्धन मरणासन्न भएकै हो त ?

भन्ने प्रश्नमा वर्मा भन्छन्, ‘गठबन्धन संकटमा छ । तथापि तिनले मिलेर चुनाव लड्न सक्ने अवस्था अझै छ,’ दिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्चका राहुल बर्मा भन्छन् । चुनावको नतिजा क्षेत्रीय पार्टीहरुको प्रदर्शनमा भन्दा भाजपा बलियो रहेको उत्तरी भारतका २५० सिटमा कंग्रेसले कस्तो प्रदर्शन गर्छ भन्नेमा निर्भर रहेको उनको भनाइ छ ।

वर्नियर्स समाधानको उपाय अघि सार्दै भन्छन्, ‘आफूलाई अझै प्रमुख राष्ट्रिय खेलाडी मान्ने कंग्रेसलाई भनेजति सिट दिन क्षेत्रीय पार्टीहरु तयार छैनन् । त्यसैले कंग्रेसले आफ्नो ध्यान ती राज्यहरुमा केन्द्रित गर्नुपर्छ, जहाँ ऊ भाजपासँग सीधै प्रतिस्पर्धा गर्दैछ । बाँकी राज्यहरुमा क्षेत्रीय पार्टीलाई छाडिदिनुपर्छ।’ तर, यो पनि गर्नभन्दा भन्न सजिलो उपाय हो ।

Advertisement

भारतमा आउँदै गरेको चुनावलाई लिएर विश्लेषक तथा राजनीतिज्ञहरुका यी विश्लेषणबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top