×

NEPAL TIMES UPDATES

Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026

अनिल साह र भीम सार्कीले नयाँ इतिहास कोरे

२९ माघ २०८०

२९ माघ ,  काठमाण्डौ । 

क्यानडाविरुद्धको तीन खेलको ओडीआई सिरिज नेपालले क्लीनस्वीप गरेको छ। सोमबार भएको अन्तिम खेलमा क्यानडालाई ९ विकेटले हराउँदै तीन वटै खेलमा जित हासिल गरेको हो।

Advertisement
Advertisement

क्यानडाविरुद्धको खेलमा नेपालको एकदिवसीय इतिहासमै पहिलो पटक नेपालका २ जना ब्याटरले एउटै इनिङमा शतक बनाएका छन् । तेस्रो एकदिवसीयमा नेपालका अनिल साह र भिम सार्कीले शतक बनाएका हुन् ।

यसअघि नेपालका लागि कुनै पनि खेलमा दुई खेलाडीले एउटै इनिङमा शतक बनाएका थिएनन् । आजको शतक दुवै नेपाली ब्याटरको एकदिवसीय करिअरको पहिलो शतक हो ।

यसअघि नेपालका लागि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख र कुशल मल्लले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो।

नेपालका लागि अनिल शाह र भीम शार्की दुवैले शतकीय पारी खेले। अनिलले १२४ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाए। उनी अघिल्लो खेलमा १९ बलमा अर्धशतक प्रहार गर्दै नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बनेका थिए।

यस्तै भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १०१ रन बनाए। ४५ रन बनाउँदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालका लागि अनिल र भीमले कीर्तिमानी साझेदारी गरे। उनीहरुले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरे। कुशल १३ रनमा आउट भए।

क्यानडाका दिल्लोन हेलिगरले एक विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो। क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ५० रन बनाए भने निखिल दत्ताले ४५ रन बनाए।

त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाए। नेपाली बलर हेमन्त धामीले आफ्नो डेब्यू खेलमा ३ विकेट लिए।

त्यस्तै कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले एक एक विकेट लिए। नेपालले क्यानडालाई पहिलो खेलमा ७ रन तथा दोस्रो खेलमा ४ विकेटले हराएको थियो।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top