२९ माघ, विराटनगर ।
नेपाल ट्रक यातायात व्यवशायी महासंघले आइतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव राजेन्द्रविक्रमबाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना भवितव्यभएको र दोषीउपर कानूनीकारवाहीहुने व्यवस्थाहुँदाहुँदै पनि ट्रकमा आगजनीगरिनु दुःखदभएको उल्लेख गरेका छन् ।
दुर्घटनापछि एक व्यक्तिको मृत्यु भएको र दुर्घटना गराउने सवारीचालकलाई कारवाहीकालागिप्रहरीले नियन्त्रणमा लिईसकेको अवस्थामापनिप्रहरी प्रशासनकै अगाडि अराजक शैलीमाभएको तोडफोड र आगजनीको घटनाप्रति महासंघले घोर भत्र्सना गरेको छ ।
महासचिवबाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा दुर्घटना भन्ने कुरा मानिसको काबु भन्दाबाहिर रहेको हुँदा ऐन कानूनहातमालिएर गरिएको आगजनीबाट भएको क्षतिको क्षतिपूर्ति पनि सम्बन्धित व्यक्तिबाट पूर्ति गर्न मागगरिएको छ ।
आईतबार बिहान धरान–विराटनगर सडकखण्ड अन्तर्गत विराटगरको बरगाछीमा बा.प्र.३–००१ख १४११ नम्बरको ट्रकको ठक्करबाट को ३६ प २८८९ नम्बरको स्कटीमा सवार सुनसरी दुहवीका एक व्यक्तिको मृत्यु भएको थियो । घटनापछि जम्माभएको आक्रोशित भिडले ठक्कर दिने ट्रकमा आगजनी गरेको थियो ।
आगजनीबाट ट्रकको अगाडिको भागजलेर पूर्णरुपमाक्षतिभएको छ । यसैबीचनेपाल ट्रक यातायातव्यवशायीमहासंघले आगजनीको घटनामा संलग्नलाई कारवाहीको मागगर्दै उपप्रधानएवम् गृहमन्त्रीनारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । दुर्घटना गराउने चालकलाई आवश्यककारवाहीकालागि नियन्त्रणमा लिईसकेको अवस्थामा ट्रकमा आगजनी गर्नेहरुलाई कारवाहीनगरे देशभरका ट्रकका साँचो सरकारलाई बुझाएर ट्रक ग्यारेजमाथन्काउने महासंघले चेतावनीदिएको छ ।
विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट स्कुटर चालक दुहबी ९ घर भएका इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटर अन्दाजी २५ वर्षीय नगेन कुमार चौधरीको मृत्यु भएको थियो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
दुर्घटना लगत्तै आक्रोशित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।
आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।