विराटनगरमा कसले राख्यो डेटुनेटरसहितको कुकर ?

विराटनगरमा कसले राख्यो डेटुनेटरसहितको कुकर ?

१ फागुन , विराटनगर ।

विराटनगर –३ मा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । मोरङ जिल्लामा तैनाथ भैरव गण सेनानी रभास खतिवडाको कमाण्डमा शंकास्पद वस्तु आज डिस्पोज गरिएको हो । शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई जिल्ला प्रहरी कार्यालय मोरङकोको टोलीले घेराउ गरी उक्त वस्तु डिस्पोज गरिएको हो।

विराटनगर –३ भुपि मार्गमा भेटिएको कालो टेपले बाँधिएको प्रेसरकुकर भित्र डेटुनेटर, सेफ्टि फ्युज, साबुनको डल्ला र ढुङ्गाहरु फेला परेको छ । घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा भेटिएको थियो । खाल्डो खनेर प्रेसर कुकर राखिएको थियो ।

शंकास्पद वस्तु फेला परेपछि नेपाली सेना र सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.