सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

५ फागुन, काठमाण्डौ ।
बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारीले गितेन्द्र बहादुर (जिबी) राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो । ‘अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले भने । दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत थिइन् ।

दुवै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए । यो सहकारीमा जिबी राई २०७८ सम्म अध्यक्ष थिए । २०७८ सम्म गुरुङ उपाध्यक्ष थिए । रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए।

Advertisement

संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई सम्पर्कविहीन छन् । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ । राईले आफूआबद्ध रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न पाँचवटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८६० रूपैयाँ, जिपी ग्रुप एन्ड कम्पनी लिमिटेडमा विभिन्न सातवटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५२० रूपैयाँ र स्प्रिङ उड रियल स्टेट हाउजिङ प्रालिमा तीनवटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १८३ रुपैयाँ ऋण लगेका थिए ।

त्यस्तै राई सञ्चालक रहेको नेचर नेस्ट प्रालिमा विभिन्न तीनवटा मितिमा दुई करोड ८९ लाख ७१ हजार ८८५ र गितेन्द्र बाबु (जिबी) राईका नाममा तीनवटा मितिमा ६ करोड २० लाख ८८ हजार ४८९ रूपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार बढी रकम ऋण दिएको थियो । पाँचवटा कम्पनीमा लगेको ऋणबापत राईले सहकारीलाई ब्याज मात्रै नौ करोड १९ लाख एक सय रूपैयाँ बुझाउनुपर्ने छ ।

Advertisement

साँवा र ब्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७६५ रूपैयाँ लिएर राई सम्पर्कबिहीन भएका छन् । त्यस्तै अन्य सञ्चालक तथा विभिन्न ५२ जना ऋणीलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७२५ रूपैयाँ पनि सहकारीले उठाउन सकेको छैन ।

ती ऋणीले पनि ब्याजबापत मात्रै ३ करोड ९८ लाख १९ हजार ७७५ रूपैयाँ बुझाउन बाँकी देखिन्छ । यति ठूलो रकम हिनामिना गरी संरक्षक राई फरार भएपछि बचतकर्ताको उजुरीको आधारमा प्रहरीले अध्यक्ष गुरूङ र भैरहवा शाखा व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top