दक्षिण कोरियामा चिकित्सा सेवा ठप्प, ६ हजार डाक्टरको राजीनामा

८ फागुन , एजेन्सी ।

हजारौं प्रशिक्षार्थी चिकित्सकको राजीनामाले दक्षिण कोरियामा हलचल मच्चाएको छ । दक्षिण कोरियाली सरकारको योजनाको विरोधमा प्रशिक्षार्थी चिकित्सकहरूले राजीनामा दिएका छन्। जसका कारण देशमा चिकित्सा सेवा ठप्प भएको छ । तर, सरकारले प्रशिक्षार्थी चिकित्सकलाई काममा फर्कन निर्देशन दिएको छ ।

त्यस्तै, चिकित्सकको अभावलाई मध्यनजर गर्दै सरकारले ड्युटी समय बढाएको छ । दक्षिण कोरियाली सरकारले मेडिकल विद्यार्थीको संख्या बढाउने योजनाको अहिले विरोध भइरहेको छ। यस योजनाको विरोधमा हजारौं प्रशिक्षार्थी डाक्टरहरू उत्रिएका छन्।

Advertisement

समाचार एजेन्सी आईएएनएसका अनुसार ६ हजार ४०० भन्दा बढी प्रशिक्षार्थी चिकित्सकले सरकारलाई राजीनामा बुझाएका छन् । हजारौं प्रशिक्षार्थी चिकित्सकले राजीनामा दिएपछि चिकित्सा सेवा प्रभावित भएको अधिकारीहरुले बताएका छन् । चिकित्सक अभावका कारण शल्यक्रिया र उपचारमा ढिलाइ भइरहेको छ ।

स्वास्थ्य मन्त्री पार्क मिन–मिनले भने कि मन्त्रालयले ८३१ प्रशिक्षार्थी चिकित्सकहरूलाई काममा फर्कन आदेश दिएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ । पार्कले सोमबारसम्म १ सय अस्पतालका ६ हजार ४१५ प्रशिक्षार्थी चिकित्सकले राजीनामा बुझाएको र १ हजार ६ सयले राजीनामा दिएको बताएका छन् ।

पार्कले चिकित्सा सेवामा आउने कठिनाइलाई सम्बोधन गर्न सरकारले ९७ सरकारी अस्पतालमा ड्युटी समय बढाएको र १२ वटा सैनिक अस्पतालमा आकस्मिक कक्ष सर्वसाधारणका लागि खुला गर्ने बताएका छन् । स्वास्थ्य अधिकारीका अनुसार दक्षिण कोरियामा अन्य देशको तुलनामा डाक्टरको संख्या कम छ । तर, सरकारले यस विषयमा विचारविमर्श नगरेको र यस कदमले चिकित्सा शिक्षा र सेवाको गुणस्तरमा सम्झौता हुने चिकित्सकको दाबी छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top