जिल्लाको फैसलाविरुद्ध न्याय माग्दै सन्दीप उच्च अदालत पुगे

९ फागुन ८०, बिहीबार

१० फागुन,काठमाण्डौ । 

Advertisement

जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका छन्। क्रिकेटर लामिछानेले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसला त्रुटिपूर्ण भएकाले सफाइ पाउनुपर्ने माग अघि सारेका छन्। बिहीबार पुनरावेदनको निवेदन लिएर उच्च अदालत पाटनमा लामिछाने आफैं पुगेका छन्।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठह¥याएर ८ वर्षको जेल सजाय सुनाएको थियो। उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन माग गरेका हुन्। पुनरावेदनको फैसला नआउन्जेल उनी जेल बस्नुपर्ने छैन। लामिछानेले गरेको दाबीकै आधारमा जिल्लाले युवती नाबालिग नभएको ठहर गरेकाले उनलाई दोषी ठहर गर्नु गलत हुने मुख्य दाबी लामिछानेले गरेका छन्।

Advertisement

सन्दीप पक्षले उमेर पुगेका दुई युवा–युवतीका बीचमा भेट हुनु अनि शारीरिक सम्बन्ध राखेमा कानुनले बलात्कार नै हो भनी किटान नगर्ने दाबी गरेका छन्। जिल्ला अदालतले सजाय निर्धारण गरेपछि क्यानले उनलाई निलम्बन गरेको थियो। उनी अहिले खेलभन्दा बाहिर छन्। अदालतको फैसला अनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले सन्दीपविरुद्ध ८ वर्ष कैदसँगै ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top