नेपाल र भारतमा कटन क्यान्डीलाई प्रतिबन्ध !

११ फागुन, एजेन्सी ।
नेपालमा काठमाडौँ महानगरपालिका सहित केही स्थानीय तहले हानिकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर विक्री वितरणमा रोक लगाएका छन् । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले परीक्षणको लाग पठाएको थियो ।

Advertisement

गत २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएकोमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएको हो । त्यसपछि महानगरले बालबालिका लक्षित गरेर उक्त क्याण्डी बेच्न रोक लगाएको हो । गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले जनाएको छ ।

यसैबीच भारतका केही राज्यमा पनि कटन क्यान्डी खाँदा क्यान्सर हुने ठानिएपछि कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन्। गत साता दक्षिण भारतीय राज्य तमिलनाडुले कटन क्यान्डी बेच्न रोक लगाउने निर्णय ग¥यो। उक्त राज्यमा परीक्षणका लागि प्रयोगशालापठाइएका नमुनाहरूमा क्यान्सर लगाउन सक्ने तत्त्व ’रोडमाइन–बी’ भेटिएपछि कटन क्यान्डीको बिक्रीमाथि प्रतिबन्ध लगाइएको बिबिसीले जनाएको छ ।

Advertisement

यसै महिनाको सुरुमा दक्षिण भारतकै पन्डीचेरीले पनि कटन क्यान्डीको बेचबिखनमा रोक लगाएको थियो। अहिले अन्य राज्यहरूले पनि कटन क्यान्डीको परीक्षण गर्न थालेका छन्। केही भारतीय अधिकारीहरू उक्त पदार्थ सोचेभन्दा निकै घातक हुने ठान्छन्। तमिलनाडुको चेन्नई सहरस्थित खाद्य सुरक्षा अधिकृत पी सतीश कुमारले इन्डियन एक्सप्रेस पत्रिकालाई कटन क्यान्डीमा भएको मिसावटले “क्यान्सर गराउन र शरीरका सबै अङ्गहरूलाई प्रभाव पार्न सक्ने“ बीबीसीलाई बताएका छन्।

उनको टोलीले गत साता उक्त सहरमा समुद्री तटमा छापा मारेको थियो। उनले उक्त सहरमा बिक्री भइरहेको कटन क्यान्डी दर्ता भएका कारखानाहरूमा नभई घरेलु रूपमा उत्पादन भइरहेको बताए। त्यसको केही दिनपछि सरकारले कटन क्यान्डीको बिक्रीमा रोक लगायो। उसले कटन क्यान्डीका नमुनाहरूमा रोडमाइन–बी नामक रासायनिक पदार्थ पाइएपछि बिक्रीमा प्रतिबन्ध लगाएको बताएको छ।

Advertisement

विभिन्न अध्ययनहरूले उक्त रसायनले क्यान्सरको जोखिम बढाउने देखाएका छन्। युरोप एवं अमेरिकाको क्यालिफोर्नियामा खाद्य पदार्थहरू रङ्गाउन त्यसको प्रयोग निषिद्ध छ। तमिलनाडुको सिको गर्दै छिमेकी राज्य आन्ध्र प्रदेशले पनि कटन क्यान्डीका नमुनाहरू सङ्कलन गरेर क्यान्सर लगाउन सक्ने कारकहरूको जाँच गर्न थालेको बताइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top