नेपाललाई फेरि एसिया कपको ढोका खोल्ने अवसर

१२ फागुन ८०, आइतबार

१३ फागुन, एजेन्सी ।

आगामी २०२५ मा हुने एसिया कपमा पुग्ने अवसरका रुपमा रहेको एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। टी–२० फर्म्याटमा हुने कपमा आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

एसियाली क्रिकेट काउन्सिलले आज प्रकाशित गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग १२ अप्रिलमा खेल्नेछ। यस्तै नेपालले दोस्रो खेल कतारसँग १३ अप्रिलमा, तेस्रो खेल हङकङसँग १५ अप्रिल र चौथो खेल साउदी अरेबियासँग १७ अप्रिलमा खेल्नेछ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।

सेमिफाइनल १९ अप्रिल र फाइनल २१ अप्रिलमा हुनेछ। समूहगत चरणको खेलपछि दुबै समूहबाट तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । दुबै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । त्यसपछि सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच अप्रिल २१ तारिखमा फाइनल खेल हुनेछ ।

त्यसअघि अप्रिल २० तारिखमा सेमिफाइनलमा पराजित हुने दुई टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । एसीसी पुरुष प्रिमियर कपको यो दोस्रो संस्करण हो । सन् २०२५ मा आयोजना हुने एसिया कपका लागि यो छनौट प्रतियोगिता पनि हो । यो प्रतियोगिताको विजेता टोलीले एसिया कपमा सहभागिता जनाउने अवसर पाउने छ ।

सन् २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्। प्रतियोगितालाई आइसिसी टी–२० विश्वकपको तयारीको रुपमा लिइएको छ। जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपाल समूह ’डी’ मा छ। नेपालले २०२३को एसिया कपमा सहभागिता जनाइसकेको छ । जहाँ पराजय खेपे पनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top