×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

यु–१६ महिला साफः नेपाल आज बंगलादेशविरुद्ध भिड्दै

१९ फाल्गुन २०८०

१९ फागुन ,काठमाण्डौ ।

हिजो देखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु भएको १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल दिउँसो ३ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

Advertisement
Advertisement

त्यसैले पनि घरेलु मैदानमा भइरहेको यस प्रतियोगितामा नेपाललाई राम्रो प्रदर्शन गर्ने दवाब समेत रहेको छ । तर भारत र बंगलादेश सहज प्रतिद्वन्दी भने रहने छैनन् । भारतले हिजो उद्घाटन खेलमा भुटान विरुद्ध ७–० को जित निकालिसकेको छ । बंगलादेश पनि उमेर समुहमा सधै राम्रो प्रदर्शन गर्दै आइरहेको छ ।

यसैबीच नेपालका मुख्य प्रशिक्षक चक्र तामाङले प्रतियोगिताभन्दा अघिको पत्रकार सम्मेलनमा बोल्दै घरेलु मैदानमा आफुलाई फाइदा रहने बताएका छन् । करिब १ महिना देखि नेपाली टोलीले तयारि गरिरहेको एन्फा कम्प्लेक्समा नै प्रतियोगिता आयोजना भएको हुनाले नेपाली टोलीलाई आफु टोलीभन्दा बढी सजिलो हुने उनले बताए ।

उता उपाधि दावेदार मानिएको बंगलादेशका प्रशिक्षक शरिफुल टिटुले भने एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा खेल्नु आफ्नो लागि गाह्रो नहुने बताए । “हामी धेरैजसो समय कृत्रिम मैदानमा प्रशिक्षण गर्छौं । हामीले यस प्रतियोगिताको लागि घाँस पिचहरू प्रयोग गरेका थियौं तर टिमको लागि यो ठूलो समस्या भने होइन”, उनले भने ।

यसका साथै यस युवा टोलीमा उपाधि जित्ने दवाब राखेमा चाहेजस्तो प्रदर्शन वा खेलाडी विकास हुन नसक्ने समेत उनले भने । “सिनियर टोली साफ च्याम्पियन हो । तर यो युवा टोलीलाई उपाधि जिताउन दबाब दियौं भने पूर्ण क्षमताको विकास हुँदैन । त्यसैले हामी दबाब दिन चाहँदैनौं”।

Advertisement

सिङ्गल राउन्डमा हुने प्रतियोगितामा सहभागी हरेक टोलीले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top