×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रारम्भिक चुनावमा निक्की हेलीको पहिलो जित ,अमेरिका र चीनको सम्बन्ध सुध्रिने

२१ फाल्गुन २०८०

२१ फागुन , एजेन्सी । 

अमेरिकाको राष्ट्रपति पदको उम्मेदवारका लागि भएको प्रारम्भिक चुनावमा निक्की हेलीले पहिलो पटक जितेकी छिन् । रिपब्लिकन पार्टीबाटै राष्ट्रपति चुनावको उमेद्वार बन्नका लागि कोलम्बियामा भएको चुवानमा हेलीले जित निकालेकी हुन् । यसअघि भएका चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जित्दै आएका थिए ।

Advertisement

हेलीको विजयी सुरुवातले ट्रम्पको जितको सिलसिला रोकिदिएको छ । हेलीले आउँदो राष्ट्रपतिको चुनावमा मतदाताले आफ्नै पार्टीका ट्रम्पको विकल्प खोज्नुपर्ने बताउँदै आएको खबरमा उल्लेख छ । तर अहिलेसम्मको चुनावी अभियानमा ट्रम्प अगाडि छन्। अमेरिकामा राष्ट्रपतिको चुनाव आउँदो नोभेम्बरमा हुनेछ ।

यसै बिच चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ । बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापार, मानव अधिकारका साथै ताइवान र दक्षिण चीन सागरमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराब छ ।

ह्वाइट हाउसको नेतृत्वका लागि राष्ट्रपति जो बाइडेनविरुद्ध पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने गरी आगामी नोभेम्बरमा हुने चुनावमा अमेरिकीहरूले भाग लिनेछन् । “तपाईंले अमेरिकी राष्ट्रपतिको चुनावको बारेमा उल्लेख गर्नुभयो, यो संयुक्त राज्य अमेरिकाको आन्तरिक मामिला हो,” चिनियाँ संसद्का प्रवक्ता लू किन्जियानले सोमबारको पत्रकार सम्मेलनमा भने ।

Advertisement

“संयुक्त राज्य अमेरिकाले चीनसँग जो सुकै राष्ट्रपति भए पनि अमेरिकाले एउटै लक्ष्यका साथ अर्थात् स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्धका लागि काम गर्न सक्छ भन्नेमा हामी पूर्ण आशा गर्छौं,” लूले भने । चीनको स्थिति स्थिर रहेको र चीन–अमेरिकाबीचको सम्बन्ध स्थिर र सुधारिएको अवस्थामा देख्न सबै आतुर रहेको उनले बताए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top