२२ फागुन, एजेन्सी ।
पश्चिमी देशहरु युक्रेन युद्धमा प्रत्यक्षरुपमै संलग्न रहेको खुलेको छ । हालै सार्वजनिक भएको जर्मन सैन्य अधिकारीहरूको एक ’वायरट्याप रेकर्डिङ’ले पश्चिमी देशहरू युक्रेनको द्वन्द्वमा भाग लिइरहेको खुलेको हो । त्यसपछि मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेको छ ।
अघिल्लो दिन भने जर्मनीले सोशल मिडियामार्फत सो रेकर्डिङ जारी गर्नु जर्मनीलाई ’अस्थिर गर्ने प्रयास’को एक हिस्सा भन्दै अस्वीकार गरेको थियो । तर क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने कि युक्रेनले रूसी लक्ष्यहरूमा प्रहार गर्न जर्मन निर्मित टोरस मिसाइलहरूको सम्भावित प्रयोग बारे सैन्य अधिकारीहरूबीचको छलफल गरेको सुनिएको छ ।
युक्रेनको द्वन्द्वमा पश्चिमा राष्ट्रको प्रत्यक्ष संलग्नतालाई पुनः प्रमाणित भएको भन्दै मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएका हुन् । रुसी राज्य सञ्चालित एजेन्सी आरआईए नोवोस्तीले जर्मनीका राजदूत अलेक्ज्याण्डर ग्राफ ल्याम्ब्सडोर्फ मस्कोको विदेश मन्त्रालयमा आइपुगेको भिडियो प्रकाशित गरेको छ ।
तर रूसी पत्रकारहरूको प्रश्नको जवाफ दिन जर्मन राजदुतले अस्वीकार गरेका छन् । ’जर्मन राजदूतलाई क्राइमियाबारे जर्मन अधिकारीहरूको सार्वजनिक कुराकानीको सम्बन्धमा बुझ्न बोलाइएको थियो,’ आरआईएले भन्यो । सो अडियो रेकर्डिङ ३८ मिनेट लामो थियो, जुन रेकर्डिङ रुसी सामाजिक सञ्जालमा शुक्रबार ढिलो पोस्ट गरिएको थियो ।
त्यसपछि विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालबाट जर्मनीसँग स्पष्टीकरण मागेका थिए । सो रेकर्डिङमा जर्मन अधिकारीहरूले टोरस मिसाइलको प्रयोगको सम्भावित प्रभावबारे छलफल गरिरहेका थिए । वार्तालापमा क्षेप्यास्त्रहरू लक्ष्यमा राखिएको केर्च ब्रिजका बारेमा कुराकानी गरिरहेको खुलेको थियो ।
जुन बिन्दुले रुसी मुख्य भूमिलाई क्रिमियासँग जोड्दछ । जो सन २०१४ मा रूसले कब्जा गरेको थियो । क्षेप्यास्त्र निर्यात गर्ने कि नगर्ने भन्ने विषयमा जर्मनीमा बहस चलिरहेको बेला यो अडियो लिक भएको हो । युक्रेनले आफ्नो हतियारलाई बढावा दिन खोजिरहेको छ किनकि गोलाबारुद स्टकहरू कम भएका छन् ।
युक्रेनले दुई वर्षको युद्ध पछि रणभूमिमा असफलताहरू देखिरहेको छ, जसका कारणा संयुक्त राज्य अमेरिकाबाट सैन्य सहायता माग्ने देखी युरोपियन युनियन पर्याप्त हतियार पठाउनका लागि पहलकदमी लिइरहेको छ । ’हाम्रा राजदूत रुसी विदेश मन्त्रालयमा योजनाबद्ध बैठकमा गएका थिए, जर्मनको विदेश मन्त्रालयका प्रवक्ताले भने ।
तर, थप कुरा उसले दिन भने अस्वीकार गरेको छ । तर, रूसको बिदेश मन्त्रालयमा स्पष्टीकरण दिएर जर्मन राजदूत बाहिरएको तस्बिर मस्कोले सार्वजनिक गरेको छ । रुस र युक्रेनबीच ३ वर्षयता युद्ध जारी छ । जसमा दुवैतर्फगरी लाखौंको मृत्यु भइसकेको छ । युद्धमा अमेरिकासहित सिंगो युरोपले युक्रेनलाई हातहतियारसहित ठूलो आर्थिक सहयोग गर्दै आएका छन् ।