×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

रूस–युक्रेन बीचको युद्धमा जर्मनी पनि होमियो, मस्कोले लियो राजदूतसँग स्पष्टीकरण

२२ फाल्गुन २०८०

२२ फागुन, एजेन्सी । 
पश्चिमी देशहरु युक्रेन युद्धमा प्रत्यक्षरुपमै संलग्न रहेको खुलेको छ । हालै सार्वजनिक भएको जर्मन सैन्य अधिकारीहरूको एक ’वायरट्याप रेकर्डिङ’ले पश्चिमी देशहरू युक्रेनको द्वन्द्वमा भाग लिइरहेको खुलेको हो । त्यसपछि मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेको छ ।

अघिल्लो दिन भने जर्मनीले सोशल मिडियामार्फत सो रेकर्डिङ जारी गर्नु जर्मनीलाई ’अस्थिर गर्ने प्रयास’को एक हिस्सा भन्दै अस्वीकार गरेको थियो । तर क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने कि युक्रेनले रूसी लक्ष्यहरूमा प्रहार गर्न जर्मन निर्मित टोरस मिसाइलहरूको सम्भावित प्रयोग बारे सैन्य अधिकारीहरूबीचको छलफल गरेको सुनिएको छ ।

Advertisement
Advertisement

युक्रेनको द्वन्द्वमा पश्चिमा राष्ट्रको प्रत्यक्ष संलग्नतालाई पुनः प्रमाणित भएको भन्दै मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएका हुन् । रुसी राज्य सञ्चालित एजेन्सी आरआईए नोवोस्तीले जर्मनीका राजदूत अलेक्ज्याण्डर ग्राफ ल्याम्ब्सडोर्फ मस्कोको विदेश मन्त्रालयमा आइपुगेको भिडियो प्रकाशित गरेको छ ।

तर रूसी पत्रकारहरूको प्रश्नको जवाफ दिन जर्मन राजदुतले अस्वीकार गरेका छन् । ’जर्मन राजदूतलाई क्राइमियाबारे जर्मन अधिकारीहरूको सार्वजनिक कुराकानीको सम्बन्धमा बुझ्न बोलाइएको थियो,’ आरआईएले भन्यो । सो अडियो रेकर्डिङ ३८ मिनेट लामो थियो, जुन रेकर्डिङ रुसी सामाजिक सञ्जालमा शुक्रबार ढिलो पोस्ट गरिएको थियो ।

त्यसपछि विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालबाट जर्मनीसँग स्पष्टीकरण मागेका थिए । सो रेकर्डिङमा जर्मन अधिकारीहरूले टोरस मिसाइलको प्रयोगको सम्भावित प्रभावबारे छलफल गरिरहेका थिए । वार्तालापमा क्षेप्यास्त्रहरू लक्ष्यमा राखिएको केर्च ब्रिजका बारेमा कुराकानी गरिरहेको खुलेको थियो ।

जुन बिन्दुले रुसी मुख्य भूमिलाई क्रिमियासँग जोड्दछ । जो सन २०१४ मा रूसले कब्जा गरेको थियो । क्षेप्यास्त्र निर्यात गर्ने कि नगर्ने भन्ने विषयमा जर्मनीमा बहस चलिरहेको बेला यो अडियो लिक भएको हो । युक्रेनले आफ्नो हतियारलाई बढावा दिन खोजिरहेको छ किनकि गोलाबारुद स्टकहरू कम भएका छन् ।

युक्रेनले दुई वर्षको युद्ध पछि रणभूमिमा असफलताहरू देखिरहेको छ, जसका कारणा संयुक्त राज्य अमेरिकाबाट सैन्य सहायता माग्ने देखी युरोपियन युनियन पर्याप्त हतियार पठाउनका लागि पहलकदमी लिइरहेको छ । ’हाम्रा राजदूत रुसी विदेश मन्त्रालयमा योजनाबद्ध बैठकमा गएका थिए, जर्मनको विदेश मन्त्रालयका प्रवक्ताले भने ।

Advertisement

तर, थप कुरा उसले दिन भने अस्वीकार गरेको छ । तर, रूसको बिदेश मन्त्रालयमा स्पष्टीकरण दिएर जर्मन राजदूत बाहिरएको तस्बिर मस्कोले सार्वजनिक गरेको छ । रुस र युक्रेनबीच ३ वर्षयता युद्ध जारी छ । जसमा दुवैतर्फगरी लाखौंको मृत्यु भइसकेको छ । युद्धमा अमेरिकासहित सिंगो युरोपले युक्रेनलाई हातहतियारसहित ठूलो आर्थिक सहयोग गर्दै आएका छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top