भारत र चीनबीच तेस्रो युद्धको भविष्वाणी

५ फागुन , काठमाण्डौ ।
आगामी दिनमा भारत र चीनबीचको तनाव बढ्न सक्छ र दुवै देश युद्धमा समेत जान सक्छ । भूराजनीतिक विज्ञहरूले यस्तो चेतावनी दिएका छन् । विज्ञहरूले हिमालय क्षेत्रमा भारत–चीन दोस्रो युद्धको खतरा रहेको अनुमान गरेका छन् । आगामी ६ वर्षसम्ममा दुई देशबीच युद्ध हुने खतरा छ ।

Advertisement

विज्ञहरूका अनुसार सन् २०२५ देखि २०३० सम्ममा जुनसुकै बेला चीन र भारतबीच युद्ध हुनसक्छ । यद्यपि, पूर्व भारतीय सेना प्रमुखले भनेका छन् कि २०२० मा गलवान द्वन्द्व पछि चीनले भारतसँग कुनै युद्ध सुरु होस् भन्ने चाहँदैन। ताइवान समस्या समाधान गर्नुअघि चीनले कम्तिमा पनि भारतसँग तनाव बढाउने जोखिम लिने छैन।

चीनले सन् २०२४ मा आफ्नो रक्षा खर्च ७.२ प्रतिशतले बढाएको छ । चीन लगातार ताइवानमाथि हमला गर्ने र यसलाई विलय गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ। रोयटर्सको भर्खरैको रिपोर्टले चीनले ताइवानको स्वतन्त्रता र बाह्य हस्तक्षेपलाई लक्षित पृथकतावादी गतिविधिको कडा विरोध गरेको जनाएको छ।

Advertisement

चीनले ताइवानको शान्तिपूर्ण एकीकरणको सन्दर्भलाई पनि हटाएको छ र यस विषयमा दृढतापूर्वक अगाडि बढ्ने बताएको छ। युरेशियन टाइम्सले रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (च्ग्क्क्ष्) लाई उदृत गर्दै ’भारतीय क्षितिजमा युद्धको बादल?’ शीर्षक मा सामाचार प्रकाशन गरेको छ ।

यस रिपोर्टमा इन्टरनेशनल पोलिटिकल रिस्क एनालिटिक्सका अध्यक्ष समीर टाटाले २०२५ र २०३० को बीचमा भारतको सुदूर उत्तरपश्चिम क्षेत्र पूर्वी लद्दाखमा दोस्रो चीन–भारत युद्ध हुने भविष्यवाणी गरेका छन्। ऊर्जा सुरक्षाको प्रिज्मबाट पूर्वी लद्दाखलाई बेइजिङको दृष्टिकोणले चीन र भारतलाई युद्धतर्फ धकेल्ने समीरको भनाइ छ।

Advertisement

समीर टाटाले भनेका छन्, “पूर्वी लद्दाख एक मात्र मार्ग हो जहाँबाट चिनियाँ सेनाले सिनजियाङमा चीनको बलियो बनाउन आक्रमण गर्न सक्छ। इरानको तेल र ग्यास क्षेत्रहरूलाई चीनको ऊर्जा सुरक्षाको महत्त्वपूर्ण स्तम्भ काशगरमा जोड्ने योजनाबद्ध ल्यान्ड–लिङ्कमा आधारित पाइपलाइनको मार्ग यो हुनेछ ।

जुन चीन–पाकिस्तान इकोनोमिक करिडोर मार्फत पाकिस्तान हुँदै जान्छ। पूर्व भारतीय सेना प्रमुख जनरल एमएम नरवानेले पनि यो संभावना औल्याएका छन् । नवराने भन्छन्, ‘यदि चिनियाँहरूले सीपीईसी, पाकिस्तान प्रशासित कश्मीर वा तिब्बतमा भारतले आफूलाई काट्ने स्थितिमा छ भन्ने महसुस गरेमा द्वन्द्वको अवस्था आउन सक्छ। नरवानेले गलवान झडप दुई देशबीचको ऐतिहासिक घटना साबित भएको पनि बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top