×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

नेपालीको सपना साकारःबन्यो क्रिकेट रंगशाला

२८ फाल्गुन २०८०

२८ फागुन , काठमाण्डौ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको निजी क्षेत्रको पहिलो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ । सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरेका छन् । गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी शुभारम्भ गरे ।

Advertisement

गत ३० जेठमा रंगशाला निर्माणको शिलान्यास भएको थियो । आठ महिनापछि रंगशालाको मैदानको निर्माण कार्य सम्पन्न भएको हो । तिलोत्तमा नगरपालिका वडा १७ मा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो । मैदान उद्घाटन भएसँगै आजबाट लिजेन्ड्स कप पनि शुरु हुँदैछ ।

नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिष्पर्धा हुनेछ । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफूले रंगशालाको निर्माणमा आगामी दिनमा पनि पूर्ण सहयोग गर्ने बताए । उनले रंगशालामा प्रदेश सरकारले गर्नुपर्ने काममा सहयोग गर्न पनि प्रतिवद्ध रहेको बताए ।

क्रिकेटबाट संन्यास लिएको साढे २ वर्षपछि राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का मैदान उत्रिएका छन् । उनी एक्स्ट्राटेक लिजेन्ड कप टी–१० मैत्रीपूर्ण क्रिकेट मैदान उत्रिएका हुन् । पारसले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । उनले सन् २०१४ को टी–२० विश्वकप खेलेको टोलीको नेतृत्व गरेका छन् ।

उक्त टीमले पहिलो खेल नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोलीसँग खेल्दैछ । लेजेन्डस १९९६ को नेतृत्व लेखबहादुर क्षेत्रीले गरेका छन् । यसअघि गत चैतमा पारसले टीम एसियन लायन्सबाट लिजेन्डस् क्रिकेट लिग खेलेका थिए । दुई खेल खेलेका पारसले १३ बलमा ११ रन जोडेका थिए ।

Advertisement

कतारमा भएको प्रतियोगिताको उपाधि पारस सम्मेलित एसियन लायन्सले जितेको थियो । रंगशालामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माण भइसकेका छन् । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइनेछ । करिव पाँच बिघा क्षेत्रफलमा उक्त रंगशाला बनिरहेको छ ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top