२८ फागुन , एजेन्सी ।
अष्ट्रेलियाको सिड्नीबाट अकल्याण्डको उडानमा रहेको एक विमानमा प्राविधिक कारणले समस्या निम्तिदा दर्जनौं यात्रु र चालक दलका सदस्य घाइते भएका छन् । उडान एलए ८०० ले उच्च उचाइको गतिमा अचानक तल झरेको अनुभव गरेपछि अकल्याण्ड एयरपोर्टमा आकस्मिक अवतरण भएको थियो ।
जहाँ ५० जनालाई उपचार गरिएको थियो। न्युजिल्याण्डको एक अस्पतालमा १३ जनाको उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । बाँकीलाई सामान्य चोटपटक मात्र लागेको छ । चिलीको एयरलाइन ल्याटमले उडानको क्रममा एउटा “प्राविधिक घटना“ले “बलियो आन्दोलन“ निम्त्याएको बताएको छ ।
विमानमा सवार एक यात्रुले रेडियो न्युजिल्याण्डलाई धेरै यात्रुहरूले सीट बेल्ट नलगाएको बताएका छन् । विमान अकल्याण्ड एयरपोर्टमा अवतरण गरिएको थियो । जहाँ एम्बुलेन्स चालक दल सहित १० वटा आपतकालीन सेवाका सवारी साधनहरू तयारी अवस्थामा राखिएको थियो ।
उडान ट्र्याकिङ सेवा फ्लाइटवेयरको तथ्याङ्कअनुसार बोइङ ७८७–९ ड्रिमलाइनर विमान प्राविधिक समस्यामा परेको हो । यो उडान अकल्याण्ड पछि सान्टियागो, चिलीसम्म पुग्ने थियो । एयरलाइन्सले मंगलबार अकल्यान्डबाट सान्टियागोको लागि नयाँ उडान तालिका बनाएको छ ।
प्रभावित यात्रुहरूलाई खाना र आवास प्रदान गरिरहेको बताइएको छ । घटनापछि एयरलाइन्सले यस अवस्थाले आफ्ना यात्रुहरूलाई पर्न गएको र पर्न सक्ने कुनै पनि असुविधाका लागि गहिरो खेद व्यक्त गर्दै विमान परिचालन मापदण्डको सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याएको छ।
विमानका सवार यात्रुको पूर्ण जानकारी भने आइनसकेको बताएको छ । अकल्याण्ड एयरपोर्टका प्रवक्ताले सिड्नीबाट ल्याटम एयरलाइन्सको उडानबाट चिकित्सा सहायताको लागि अनुरोध गरेपछि उनीहरूको आपतकालीन सेवा टोलीले मद्दत गरिरहेको बताएका छन् ।