×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-28-2026 || Nepal Times
Apr 28, 2026
Playing
आफ्नै देशमा तीन विमानस्थल छन, तर संकटमा किन विदेशीकै शरण?|| Nepal Times
Apr 28, 2026
Playing
अर्थतन्त्र उकास्ने कस्तो छ स्वर्णिमको’मास्टरप्लान’ ?ऋणमा देश ब्याज तिर्नै सकस || Nepal Times
Apr 28, 2026
Playing
‘सरकारी कार्यालयका शौचालय सरसफाई कार्यविधि’ जारी, के छ व्यवस्था ? || Nepal Times
Apr 28, 2026
Playing
साक्षीको बकपत्र गर्दा सरकारी वकीलको अनिवार्य उपस्थिति|| Nepal Times
Apr 28, 2026
Playing
नयाँ शैक्षिक सत्रको भर्ना आजदेखि सुरु || Nepal Times
Apr 28, 2026
Playing
रुसले इरानलाई सहयोग गर्ने, पुटिनलाई भेटेर अराघचीले भने असफल अमेरिका वार्ता गर्न चाहान्छ| Nepal Times
Apr 28, 2026
Playing
३ दिनमा १० हजार सुकुम्बासी प्रभावित, मनोहरामा विद्यालयसहित सबै घर भत्काइए|| Nepal Times
Apr 28, 2026
Playing
आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना|| Nepal Times
Apr 28, 2026
Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026

पोप फ्रान्सिससंग रिसले आगो भयो युक्रेन

२८ फाल्गुन २०८०

२८ फागुन , एजेन्सी ।

इसाई धर्मालम्बीका सर्वाेच्च धार्मिक गुरु पोप फ्रान्सिसले युक्रेनलाई ‘सेतो झण्डा उचाल्ने हिम्मत जुटाउन’ सुझाव दिएपछि युक्रेन क्रुद्ध भएको छ । युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने सो मुलुकका विदेशमन्त्रीले बताएका छन् । रुसले युक्रेनमा आक्रमण गरेको दुई वर्ष पूरा भइसकेको छ । यहीबेला ८७ वर्षीय पोपले स्विट्जरल्यान्डको एक च्यानलसँगको अन्तर्वार्तामा युक्रेनलाई रुससँग शान्तिवार्ता गर्न आह्वान गरेका थिए ।

Advertisement
Advertisement

शनिबार प्रसारित अन्तर्वार्तामा उनले आत्मसमर्पणको सम्भावना देखाएका छन् । ‘मलाई लाग्छ, ती मान्छे सबैभन्दा बलिया हुन्, जो परिस्थिति चिन्छन् । मानिसहरुबारे सोच्नुहोस् र सेतो झण्डा उठाएर वार्ता गर्ने हिम्मत जुटाउनुहोस्,’ उनले भनेका थिए । तर, युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पोपलाई असलको पक्ष रोज्न आग्रह गरेका छन् ।

‘हाम्रो झण्डा पहेँलो र नीलो छ । यही झण्डामुनि हामी बाँच्छौँ, मर्छौँ अनि जित्छौँ,’ कुलेबाले सामाजिक सञ्जालमा आइतबार लेखेका छन् । अन्तर्राष्ट्रिय रूपमा सेतो झण्डालाई युद्धविराम वा वार्ता वा आत्मसमर्पण गर्न इच्छुक भएको सङ्केत मानिन्छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि पोपको भनाइलाई अस्वीकार गरेका छन् ।

भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरेका छन् । यसैबीच उता अमेरिकी टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले आफ्नो प्रणालीमा रुसी ह्याकरले आक्रमण गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

माइक्रोसफ्टले जनाएअनुसार रूसी विदेशी खुफिया–सम्बन्धित ह्याकरहरूले जनवरीमा कर्पोरेट इमेलहरूबाट चोरी भएको डाटा प्रयोग गरेर माइक्रोसफ्टको प्रणालीमा प्रवेश गर्ने प्रयास गरिरहेको छ । यससँगै अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि समेत आफ्नो उत्पादन प्रदान गर्ने माइक्रोसफ्टको सुरक्षालाई लिएर केही विज्ञहरुले चिन्ता समेत व्यक्त गरिरहेका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यसै वर्षको जनवरीमा माइक्रोसफ्टले सुरक्षा उल्लङ्घनको बारेमा विवरणहरू खुलासा गरेको थियो, जसमा ह्याकरहरूले कम्पनीका वरिष्ठ पदाधिकारी र साइबर सुरक्षा, कानुनी र अन्य कार्यहरूसहित कर्पोरेट इमेल खाताहरूमा प्रवेश गर्ने प्रयास रहेको थियो।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top