×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

२९ फाल्गुन २०८०

२९ फागुन , काठमाण्डौ ।

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि कङकङ भ्रमणमा रहेको नेपाली टोली उपाधि नजिक पुगेको छ । पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको हो । हङकङको टिन कोङ मैदानमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो ।

Advertisement

उसका हिरी हिरीले सर्वाधिक २८ रन बनाउनु बाहेक अन्य खेलाडी टिक्न सकेनन् । यस्तै, टोनी उराले १३ र सेसे बाउले २१ रन बनाए । पीएनजीको इनिङ्सलाई कुशल भुर्तेलले धराशायी बनाएका थिए । कुशलले ४ ओभरमा १२ रन मात्र खर्चिंदै ४ विकेट लिए । यस्तै प्रतिश जिसीले दुई तथा आकाश चन्द र गुल्शन झाले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । सन्दीपले २६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए । कुशलले ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाए । विवेक यादवले ४ बलमा १९ रन बनाए ।

नटआउट रहेका उनले ३ छक्का प्रहार गरेका थिए । त्यस्तै गुलशन झा पनि नटआउट रहँदै १५ रन बनाए । कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए । पीएनजीका असद भालाले २ विकेट लिए । पीएनजीले आजै हङकङसँग खेल्नेछ ।

यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल भोलि हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ । वर्षाका कारण पहिलो खेल रद्द भएपछि हङकङसँग १÷१ अंक बाँडेको नेपालले दोस्रो खेलमा आज पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

Advertisement

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top