×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

राष्ट्रिय सभाका नयाँ अध्यक्ष दाहाल को हुन् ?

२९ फाल्गुन २०८०

२९ फागुन , काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा विजयी भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाल ३९ मतसहित राष्ट्रिय सभाको अध्यक्ष बनेका हुन् । राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए । यस्तोमा उनको पक्षमा ३९ र विपक्षमा १७ मत खस्यो ।

Advertisement
Advertisement

अध्यक्षमा विजयी भएका दाहालले अबको चार वर्ष राष्ट्रिय सभाको नेतृत्व गर्नेछन् । राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरिएको हो । माओवादीका केन्द्रीय सदस्य दाहाल २०७८ चैत २५ गते राष्ट्रिय सभामा रिक्त विज्ञ कोटाबाट राष्ट्रिय सभामा मनोनित भएका थिए ।

अधिवक्ता रामनारायण बिडारीको चार वर्षे कार्यकाल सकिएपछि फागुन २० गतेदेखि रिक्त भएको पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई ६ वर्षका लागि नियुक्त गरेकी थिइन् । एमालेबाट राष्ट्रिय सभा अध्यक्ष बनेका गणेशप्रसाद तिमल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएसँगै दाहालले उनको स्थान लिएका हुन् ।

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका उनी २०१२ साल चैत ६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका हुन् । दाहाल पुराना वामपन्थी नेता हुन् । उनी बुबा स्व.कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालको पहिलो सन्तान हुन् । २०१९ सालमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परिवारसँगै दाहालका परिवार चितवनको शिवनगरमा बसाइँ सरी आएका थिए ।

प्रचण्ड र नारायणका हजुरबा दाजुभाइ हुन् । यसैले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि नारायणलाई जोडेर परिवारवादको आरोप लाग्ने गरेको छ । प्रचण्डसँगै दाहाल २०२७ सालमा अनेरास्ववियुमा लागेका थिए । २०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०३७ सालमा पूर्णकालीन सदस्य भए ।

दाहालले २०३६ सालमा भरतपुरस्थित वीरेन्द्र क्याम्पसबाट आइए पास गरेका थिए । यसैगरी उनले भक्तपुरस्थित सानोठिमी क्याम्पसबाट स्नातक गरेका थिए । लामो समय प्रवासमा रहेर काम गरेका उनी २०३८ सालमा अखिल भारत एकता समाजको केन्द्रीय महासचिव भए । २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछि नेपाल फर्किएका उनी २०५२ सालमा माओवादी जनयुद्धमा सपरिवार होमिएका थिए ।

दाहाल युद्धकालभर प्रवासमै रहेर राजनीतिमा सक्रिय थिए । दाहालका श्रीमती, जेठा छोरा समिर, कान्छा छोरा दिनेश र छोरी कल्पना पनि युद्धमा होमिएका थिए । २०६२ सालमा तत्कालीन संसदवादी सात दल र विद्रोही माओवादीबिच १२ बुँदे सहमति भयो । २०६२÷३ सालको दोस्रो जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढल्यो ।

त्यसपछि बनेको अन्तरिम संसदमा उनी राष्ट्रपतिबाट मनोनित सदस्यका रुपमा सहभागी थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट निर्वाचित भए । २०७० सालमा सोही क्षेत्रबाट टिकट पाए पनि दाहाल पराजित भए । २०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उनी प्रशासनिक सल्लाहकारमा नियुक्त भएका थिए ।

दाहालले बागमतीका सचिव, अध्यक्ष र सह–इन्चार्ज भएर पार्टीको काम गरेका छन् । २०७८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत बनेका उनी २०८४ सम्म अध्यक्षमा कायम रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष संवैधानिक परिषदको सदस्यसमेत रहने प्रावधान छ । आज राष्ट्रिय सभामा अध्यक्ष पदमा निर्वाचित भएसंगै दाहालले सबै दलहरूसँग समन्वय गर्दै अघि बढ्ने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top