नेपालीले उद्धारका लागि भारतलाई गुहारेपछि सरकारलाई लाज लाग्यो , परराष्ट्र मन्त्री काजीले रुसी राजदूतलाई बोलाए

२८ फागुन ८०, मंगलबार

२९ फागुन , काठमाण्डौ ।

लामो समयदेखि रुसी सेनामा रहेर कष्टपूर्ण जीवन विताइरहनु परेको भन्दै पटक पटक नेपाल सरकारलाई उद्धारका लागि अपिल गरेपनि वेवास्ता गरेको भन्दै भारतसरकारलाई नेपालीहरुले उद्धारका लागि गुहार लगाएपछि नेपाल सरकारले थप तदारुपता देखाएको छ । नेपालीको उद्धार र त्याहा ज्यान गुमाएका नेपालीका बारेमा केही दिन अघि मात्रै रुसी समकक्षी सर्गेई लाभरोभसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभसँग सोही विषयमा छलफल गरेका छन् ।

परराष्ट्रको जिम्मेवारी सम्हालेसँगै यो विषयमा गम्भिर देखिएका श्रेष्ठले राजदूतलाई सिंहदरबारमा बोलाएर रुसमा रहेका नेपालीका विषयमा छलफल गरेका हुन् । “दुई पक्षबीच रूसी सेनामा रहेका नेपाली नागरिकलगायत नेपाल र रूस सम्बन्धका विविध विषयमा छलफल भएको थियो,” परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।

Advertisement

भेटमा रूसी सेनामा नेपालीको भर्ती रोक्ने, भर्ती भएकालाई फिर्ता पठाउने, युक्रेनसँगको युद्धमा मारिएका नेपालीको शव फिर्ता ल्याउने, मृतक र घाइतेलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने लगायतका विषयमा सकारात्मक कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताएका छन् ।

यही फागुन २४ गते परराष्ट्रमन्त्री श्रेष्ठ र रूसका विदेशमन्त्री सर्गेई लाभरोभबीच टेलिफोनमा कुराकानी भएको थियो । टेलिफोन वार्तामा रूसी विदेशमन्त्रीले रूसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न सघाउने आश्वासन दिएका थिए । त्यसको दोस्रो दिन नै आफ्नो देशको सरकार कमजोर भएको, निकम्पा भएको निस्कर्षसहित केही नेपाली रुसी सैनिकहरुले भारतलाई रुसबाट आफूहरुको उद्यारका लागि अपिल गरेका छन् ।

रुँदै ति युवाहरुले भारत बलियो भएको र उसले आफ्ना नागरिकहरुलाई त्यहाँबाट उद्यार पनि गरिसकेकाले आफूहरुको पनि उद्यार गरिदिओस् भन्दै उनीहरुले गुहार लगाएका छन् । रूसी सेनामा भर्ती भएका नेपाली युवाहरूले नेपाल सरकारको सहयोग नपाएको भन्दै त्यहाँबाट निकालिदिन भारत सरकारसँग अनुरोध गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनीहरूले आफूलाई त्यहाँबाट निकालिदिन भारत सरकारसँग आग्रह गरेका हुन् । ’अहिले हामी रसियन सेनामा छौँ । हामी नेपालबाट आएका थियौं । एजेन्टले हामीसँग झुट बोलेर यहाँ ल्यायो । रसियन सेनामा जाने र त्यहाँ सहयोगीको रूपमा काम गर्नुपर्ने भनिएको थियो’ उनीहरूले भिडियोमा हिन्दी भाषामा भनेका छन् ’तर, यहाँ आएपछि हामीलाई युद्धमा जान परिरहेको छ । यहाँ आएपछि हामीलाई धेरै समस्या भएको छ ।’ ’यसकारण यहाँबाट हामी यहाँबाट निस्कन चाहन्छौं। हाम्रो साथमा तीन जना भारतीय साथीहरू थिए । उनीहरूलाई भारतको सरकारले फिर्ता ग¥यो तर नेपाली राजदूतावासले हामीलाई कुनै पनि सहयोग गरिरहेको छैन । नेपालबाट कुनैपनि प्रक्रिया अगाडि बढिरहेको छैन’ भिडियोमा भनेका छन् । ‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन । यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं’ उनीहरूले भनेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top