महानगरको पहिलो रोजगार मेला, डेढ सयलाई जागिर पक्का

१ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

महानगरपालिकाले यही चैत २ र ३ गते विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको फ्रेन्डली पार्कमा ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्दैछ ।

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने महानगरको विश्वास रहेको छ ।

दैनिक जसो विदेश पलायन हुने युवा जनशक्तिलाई स्वेदशमै रोजगारीको अवसर सिर्जना गर्ने हिसाबले पहिलो पटक रोजगार मेलाको आयोजना गरिरहेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।

रोजगार मेला महानगरले एक लाख तथा एक संस्थाबाट ६ लाख सहित ७ लाख रुपैयाँको लागतमा सुरु गर्ने तयारी गरिरहेको उनले बताए ।

क्षमता अनुसारका व्यक्तिले रोजगारी तथा संस्थाहरुले क्षमतावान कामदार, कर्मचारी नपाइरहेको अवस्थामा यस किसिमका कार्यक्रम एकदम आवश्यक रहेको र यसले निरन्तरता पाउने मेयर कोइरालाको दाबी रहेको छ ।

मेलामा प्राविधिक, प्रशासनिक, उद्योग र श्रमिक क्षेत्रका व्यक्तिहरूको सहभागिता हुनेछ । स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको महानगर रोजगार मेलामा विभिन्न उद्योग व्यवसायहरूबाट सीपयुक्त जनशक्तिको मागको रहेको छ ।

दक्षता अनुसारको रोजगारीको खोजीमा रहेका युवाहरू प्रत्यक्ष रोजगारदातासँग भेट, युवा जनशक्ति र रोजगारदातालाई जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने, स्थानीय क्षेत्रमा रहेका रोजगारका क्षेत्र, सूचना तथा अवसरको जानकारी र सीपमूलक तालिमहरूको अवसरसम्बन्धी जानकारी गराउने मेलाको लक्ष्य रहेको छ ।

“पहिलो पटक गर्न लागेको रोजगार मेलामा १५० जना युवालाई यकिन रुपमा शतप्रतिशत जागिर सुनिश्चत गर्नेछौँ” मेयरले भने, “महानगरले गर्नसक्ने सबै सहयोग गर्नेछ, मेलामा सहभागी हुन चाहने बेरोजगार युवाहरु सबै आउनुस्” ।

मेयर कोइरालाले मेलाबाट बढीभन्दा बढी लाभ उठाउन सबैलाई आग्रह गरेका छन् । उनले रोजगारी उपलब्ध गराउन सके युवा जनशक्तिहरु पलायत हुने दर घटेर जाने विश्वास व्यक्त गरे ।

यस मेलामा हजारौँ सहभागि रहने अनुमान गरिएको छ तर सहभागीमध्ये करिब १ सय ५० जनाका लागि रोजगारी सुनिश्चितका साथै अन्यले सूचना प्राप्त र प्रत्यक्ष भेटघाटको अवसर पाउनेछन् ।

मेलामा विराटनगर बाहिरका मानिसहरुले पनि सहभागीता जनाउन पाउँनेछन् । मेलामा उद्योग, हस्पिटल, होटेल, बैंक तथा वित्तीय संस्था, शैक्षिक परामर्श केन्द्र, रोजगार केन्द्रका करिब ४० वटा स्टल समावेश हुने मेयर कोइरालाले बताएका छन् ।

मेलामा इन्ट्री निःशुल्क हुनेछ । विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको फ्रेन्डली पार्कमा बिहान १० देखि ५ बजेसम्म मेला सञ्चालन हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top