४ चैत, काठमाण्डौ ।
सुन तस्करी छानविन समितिको प्रतिवेदनको सिफारिस वमोजिम उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भेपभित्रको सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री छामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीलाई आफ्नो कार्यकक्षमा बोलाएर महरा लगायतमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।
सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले चैत्र १ गते भेपभित्रको ९ किलो सुन प्रकरणमा महरामाथि मुद्या चलाउन सिफारिस गरेको थियो । मन्त्री लामिछानेले समितिले मुद्या चलाउन सिफारिस गरेका महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी लगायतलाई कारबाही प्रक्रिया थाल्न भनेका छन् ।
लामिछानेले अयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न भनेको उनको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको चैत २ गते बसेको बैठले प्रतिवेदन पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यहि दिनको बैठकले प्रतिवेदनमा कारबाहीको सिफारिस गरिएकी किरण बज्रचार्यको स्थानमा सीआईबी प्रमुखमा एआइजी ज्ञवालीलाई सरुवा गरेको थियो ।
यसैबीच नेपाल सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि वयान लिने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकले नै सो निर्णय गरेको हो ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अपचलन प्रकरणमा चोधरीका भाइ अरुण चौधरीमाथि अनुशन्धान जारी छ । अदालतको आदेशपछि अरुण प्रहरी हिरासतमुक्त भएका थिए । अरुणलाई पक्राउ गरेपछि नेपाली कांग्रेसले सरकारमाथि दबाब दिएको तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै बताएका थिए ।