सोर्स लगाउन गए सुमनाले ठाउँको ठाउँ कारबाही गर्ने

४ चैत ८०, आइतबार
Share this
716shares

४ चैत, काठमाण्डौ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोर्सफोर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोज्नेलाई कारबाही गरिने बताएकी छिन् । पहिलो पटक सरकारमा सहभागि हुँदै शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी मन्त्री श्रेष्ठले सोर्सफोर्स लगाउनेको मूल्याङ्कनमा ०.५ नम्बर घटाउने चेतावनी दिएकी छन् ।

Advertisement

आफ्नो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै साइनो लगाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउन खोज्नेको मूल्याङ्कनमा नम्बर घटाउने श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी हुन् । ‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाएको खण्डमा उजुरी गर्न समेत सबैमा अनुरोध गरेकी छन्।

उजुरीहरूमाथि अनुसन्धान गरेर तत्काल कारबाही गर्ने उनको भनाइ छ । उनले भनेकी छन्, ’शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ ।

Advertisement

‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला भन्दै उनले इमेल ठेगाना पनि राखेकी छन् । जुन अयmउबिष्लतक२mयभकत।नयख।लउ रहेको छ । उनी थप लेख्छिन्, हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ। ’ उनले अगाडि लेखेकी छन्, ’कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्नुहोला। निर्ममतापूर्वक कारबाही हुनेछ।’

उनले आफूलाई परिणाम चाहिएको भन्दै प्रचारको पछि नलाग्ने पनि बताएकी छन् । आजै रास्वपाले राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने पार्टीगत निर्णय गरेको छ । नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेशितालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइने निर्णय गरिएको प्रवत्ता मुकुल ढकालले बताएका छन् । रास्वपाले पार्टी स्थापनाकालदेखि नै परिवारवाद र सोर्सफोर्सलाई पूर्ण निषेध गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top