Nepal Times
Nepal Times
3
Shares

लौरो पनि सत्ताको खेलमा, मुख्यमन्त्रीमा दाबी

लौरो पनि सत्ताको खेलमा, मुख्यमन्त्रीमा दाबी

४ चैत, काठमाण्डौ ।
केन्द्रमा गठबन्धन फेरिएपछि यसको असर धमाधम प्रदेश सरकारहरुमा समेत परिरहेको छ । केही प्रदेश सरकारबाट पूराना गठबन्धनका दलहरु बाहिरिसकेका छन् भने केही प्रदेशमा अझै अंकगणितको खेल भइरहेको छ । नयाँ समीकरणका ७ प्रदेशहरुको भागबण्डा लगाएको अवस्थामा कुनैपनि गठबन्धनमा नदेखिएको मात्रै २ सिट रहेको हाम्रो नेपाली पार्टी लौरोले आफै मुख्यमन्त्रीमा दाबी गरेको छ ।

बागमती प्रदेशमा शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार जोगाउन निर्णायक मानिएको हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको हो । यही चैत ३ र ४ गते हिजो र आज बसेको बैठकले कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको प्रवक्ता ई. रोहन कार्कीले बताएका छन् ।

‘लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्नका लागि हाम्रो नेपाली पार्टी तयार छ’, उनले भनेका छन् । ‘आम नागरिकले देख्न चाहेको जस्तो वास्तविक नयाँ दलका रूपमा अग्लो भएर उभिनेछौं । नो नट अगेन भनेकाहरूलाई नै काँध हालेर अर्को त्यस्तै प्रवृतिलाई बागमती प्रदेश सरकारको शिरमा राख्न हामी हाम्रो काँध प्रयोग हुन दिने छैनौं तर लोकतान्त्रिक र नयाँ चरित्रकारूपमा हामीलाई नेतृत्व दिएर सुशासन र पारदर्शीतासहितको नयाँ बाटो हिँड्न चाहेमा हामी सबै पार्टीहरूसँग सहकार्य गरेर प्रदेश सरकारको नेतृत्वदायी भूमिका अपनाउन सक्षम छौं । यसमा पछि हट्ने छैनौं’, प्रवक्ता कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई बोलाएर एमाले–माओवादी–नेकपा एससहितको गठबन्धनलाई अल्पमतमा पारेपछि यहाँ लौरो निर्णायक मानिएको छ । केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको छ । हाम्रो नेपाली पार्टीको यस्तो निर्णयले सत्ता गठबन्धनलाई चुनौती थपिएको छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । सत्ता गठबन्धनमा रहेका एमालेको २७, माओवादी केन्द्रको २१ र नेकपा एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सांसदमात्र हुन्छन् । बहुमतका लागि यो गठबन्धनलाई हाम्रो नेपाली पार्टी, नेमकिपा वा राप्रपामध्ये कुनै एक दलले समर्थन गर्न आवश्यक हुन्छ ।

११० सांसद रहेको बागमतीमा सरकार गठनको लागि ५६ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । तर, यहाँ नयाँ गठबन्धसँग एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी ५५ जनामात्र छन् । सरकार बनाउन हाम्रो नेपाली पार्टी (हानेपा) लाई गठबन्धनमा सामेल गर्ने कसरतस्वरूप जम्मकट्टैल सरकारले दुई मन्त्री अफर गरेको बाहिरिसकेको छ । हानेपाबाट यहाँ शैलेन्द्र बज्राचार्य र सरिता खड्गी २ जना सांसद छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.