×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

नयाँ मन्त्री बारे बालेनको ब्यंग्यः हिसाब गरेर गोजी भरेर निस्कनु छ

४ चैत्र २०८०

४ चैत, काठमाण्डौ ।
केन्द्रमा सत्ता समीकरण फेरबदल भएको एक सातासम्म यसका विषयमा कुनै टिप्पणी नगरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नयाँ मन्त्रीहरूमाथि ब्यंग्य गरेका छन्। समसायिक राजनीति देखि नेताहुँदै मन्त्री, प्रधानमन्त्रीसम्मलाई तिखो टिप्पणी गर्न पछि नपर्ने बालेनले स्वास्थ्य मन्त्रालयमा भएका एकजना डाक्टरले भनेको भन्दै नयाँ मन्त्रीहरूबारे तिखो व्यंग्य गरेका हुन् ।

उनले आफूले सुनेको कुरा गलत होस् पनि भनेका छन्। ‘नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर गोजी भरेर निस्किनु पर्ने छ रे, सरकार जति दिन टिक्छ’, मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसा’बको कुरा मैले सुनेको कुरा गलत होस्। म आशावादी छु सरकारप्रति।’

मेयर बालेनले कसलाई व्यंग्य गरेको भन्ने खुलाएका छैनन् । यद्यपि उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेकाहरुलाई लक्षित गरेको अनुमान गरिएको छ। सरकारमा सहभागि भएसँगै रास्वपाका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चेक लिस्टसहित आएको भन्दै कम्परमाइज नहुने बताएका थिए ।

यस्तै संसदमा प्रतिपक्ष नेपाली कांग्रेसले राजीनामा माग्दै रोष्टम नै घेरेपछि संसद बाहिर गृहमन्त्री रविले पद कहिलेसम्म रहने थाहा नभएपनि पदमा रहुन्जेल काम गर्न नछाड्ने बताएका थिए। उनले भनेका थिए , कति दिन हुन्छु मलाई थाहा छैन । जति दिन हुन्छु, डटेर नझुकीकन आफ्नो काममा निरन्तर लागिरहनेछु ।

रविले लामो समयदेखि भ्रष्टचारका पुराना फाइलहरु खोतल्ने बताउँदै आएका छन् । यस्तै रास्वपाकै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले समेत हरेक दिनलाई आफ्नो अन्तिम दिनका रुपमा लिदै केही न केही काम गर्ने बताएका थिए । यही फागुन २१ गते एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनेपछि नयाँ मन्त्रीहरु थपिएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top