×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

अमेरिका छेउको हाइटी गिरोहको कब्जामा

४ चैत्र २०८०

४ चैत,एजेन्सी ।

क्यारेबियन मुलुक हाइटी हिंसा र लुटपाटको चपेटामा फसेको छ । त्यहाँ सामूहिक हिंसा र भोकमारीले अवस्था जर्जर छ । तनाव झन झन बढ्दै गएपछि अमेरिकाले त्यहाँ फसेका आफ्ना नागरिकको उद्धार थालेको छ । उसले उद्धारका लागि चार्टर उडानको घोषणा गरेको छ । अमेरिकाको विदेश विभागले चार्टर उडानको व्यवस्था मिलाएको हो ।

Advertisement
Advertisement

यसअघि अमेरिकाले हाइटीमा काम गर्ने दूतावासका आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको थियो । विदेशी मिडियाका अनुसार, गणतान्त्रिक मुलुक हाइटीमा लुटपाट, हत्याजस्ता अपराध दिनहुँ भइरहेका छन् । राजधानी पोर्ट–ओ–प्रिन्स नै कुख्यात गिरोहका नाइके जिमी चेरिजियरको कब्जामा छ ।

त्यहाँ प्रहरीले पुनः आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ ।  चेरिजियर ‘बारबेक्यु’ नामले पनि चिनिन्छन् । हाइटीको अवस्था नियाल्दै अन्य देशले त्यहाँबाट आफ्ना नागरिकलाई उद्धार गर्ने तयारी गरिरहेका छन् । भारतले हाइटीमा रहेका आफ्ना ९० नागरिकलाई उद्धार गर्न पहल थालिसकेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।

विभिन्न गिरोहले जथाभावी आक्रमण गरेर हिंसा मच्चाएपछि त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले राजीनामा दिइसकेका छन् । यद्यपि, नयाँ सरकार बनिनसकेकाले अहिले उनैले कामचलाउका रूपमा काम गर्नेछन् । गृहयुद्धबाट हाइटीको अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ ।

देशमा फैलिएको हिंसाका कारण ३ लाख ६२ हजार नागरिक विस्थापित भएका बताइएको छ । त्यहाँ सरकार ढाल्ने र बनाउने खेलमा लुटेरा समूहका नाइके निर्णायक हुने गरेका छन् । आफूअनुकूल परिस्थिति नहुँदा गिरोहले राष्ट्रपति, प्रधानमन्त्रीमाथि नै गोली प्रहार गरेको विगत धेरै पुरानो छैन ।

दुई वर्षअघि प्रधानमन्त्री एरियल हेनरीमाथि गोली हानेर मार्ने प्रयास भएको थियो । १ जनवरी २०२२ मा हेनरीलाई ताकेर बन्दुकधारीले गोली हानेका थिए । तर, आक्रमणकारीको गोलीबाट हेनरी बच्न सफल भए । यो घटनाको ६ महिनाअघि ७ जुलाई २०२१ मा राष्ट्रपति जेभेनर मोइजलाई उनकै घरभित्र छिरेर आक्रमणकारीले मारेका थिए ।

हेनरी २० जुलाई २०२१ मा हाइटीका प्रधानमन्त्री नियुक्त भएका थिए । हत्या हुनुभन्दा केही साताअघि राष्ट्रपति मोइजले हेनरीलाई प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए । त्यसपछि हतियारधारी समूहले हेनरीलाई पनि सिध्याउन खोजिरहेको थियो । हाइटी शक्तिराष्ट्र अमेरिकाको छेउमै भए पनि अति कमविकसित मुलुक हो ।

Advertisement

यो प्राकृतिक बिपत्तिले पीडित देश हो । जानकारहरूका अनुसार, त्यहाँ राजनीतिज्ञ बेइमान भए । नेताले नै गुण्डा पाल्छन् । आर्थिक अवस्था अत्यन्तै खराब छ । स्वदेशमा काम नपाएर युवाहरू विदेशिरहेका छन् । गरिबी, अस्थिरता भएपछि अराजकता र अपराध बढ्छ ।  राजनीति बिग्रे के हुन्छ भन्ने कुरा हाइटीलाई हेर्दा थाहा हुने विदेश मामिलाका जानकारहरू बताउँछन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top