×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

पुटिन पाँचौपटक राष्ट्रपतिमा निर्वाचित

५ चैत्र २०८०

चैत ५ , एजेन्सी ।

रुसको राष्ट्रपतिमा भ्लामिदिर पुटिन पाँचौपटक निर्वाचित भएका छन् । तीन दिन चलेको मतदानपछि गएराति शुरु भएको गणनामा पुटिन पाँचौ पटक राष्ट्रपति पदमा निर्वाचित भएको रुसी समाचार संस्थाले जनाएका छन् । राष्ट्रपति पदको मतदान सकिएको केही घण्टामै पुटिनले आफूले भारी बहुमतले जित हासिल गरेको भन्दै मतदातालाई धन्यवाद दिएका थिए ।

Advertisement
Advertisement

यस्तै उनले रुसी लोकतन्त्र अमेरिका लगायत पश्चिमा देशहरुको भन्दा उन्नत रहेको समेत दाबी गरे । त्यहाँको निर्वाचन एजेन्सीले पुटिनको पक्षमा ८७ प्रतिशतभन्दा बढी मत खसेको बताएको छ । साढे ११ करोड मतदाता रहेको रुसमा ६७ प्रतिशत बढी मत खसेको थियो । आफ्ना प्रमुख विरोधी एलेक्सी नाभाल्नीको जेलमै रहस्यमय मृत्यु भएको एक महिनापछि पुटिन राष्ट्रपतिमा निर्वाचन गराएका हुन् ।

मतदानकै क्रममा नाभाल्नीका समर्थकले विभिन्न ठाउँमा सांकेतिक विरोध गरेका थिए । निर्वाचनमा पुटिन बाहेक अरु तीन कमजोर उम्मेदवार उठाइएको थियो । उनीहरु क्रेमलिनको अनुकल रहेको र डमी उम्मेदवारका रूपमा रहेको रुसका विपक्षीको आरोप छ ।

छिमेकी पोल्यान्डले मतदान निकै दमनको अवस्थाबीच भएको र त्यस्तो अवस्थामा स्वतन्त्र र लोकतान्त्रिक विकल्प छान्नु असम्भव भएको बताएको छ । जर्मनीले दमन र हिंसामा निर्भर शासकले देखाउनका लागि मात्रै चुनाव गराएको भन्दै आलोचना गरेको छ । बेलायतका विदेशमन्त्री क्यामरुनले युक्रेनी क्षेत्रमा अवैध चुनाव गराएको भन्दै निन्दा गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तानाशाहले एक अर्को चुनावी नाटक रचेको भन्दै आलोचना गरेका छन् । निर्वाचनका क्रममा स्वतन्त्र रुपमा निगरानी गर्ने समूहका ८० जनाभन्दा बढी सदस्य गिरफ्तार भएका थिए । सन् २००८ देखि २०१२ सम्मप्रधानमन्त्रीका रूपमा बाहेक पुटिन मे २००० देखि निरन्तर रुसको राष्ट्रपति छन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top