×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

रविलाई गगनले टिक्न नदिने,सहकारी प्रकरणमा प्रश्नैप्रश्न

५ चैत्र २०८०

चैत ५ ,काठमाण्डौ।

सत्ता समीकरण फेरबदल भएपछि एक चरणको अनुशन्धान सकिएपनि सुन तस्करी जाँचबुझ आयोगले दोषी ठहर गर्दै अनुशन्धान र काबाही गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएपछि सुनतस्करीमा मुछिएका यसअघि उम्किएका ठूला माछाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सत्तारुढ दल नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र यसअघि देखि प्रहरीले खोजिरहेका तथा पक्राउ नपरेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन रहेका छन् ।

Advertisement
Advertisement

यो घटनापछि प्रतिवेदनको पूर्ण कार्यान्वयनमा कटिवद्ध रहेको सरकार र खास गरी उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको प्रशंसा भइरहेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत सरकारलाई संसदबाट धन्यवाद दिएका छन् । सरकारलाई धन्यवाद सँगै गगनले गृहमन्त्री लामिछानेमाथि भने प्रश्नैप्रश्न गरेका छन् । थापाले सहकारी ठगी प्रकरणमाथि निष्पक्ष अनुसन्धान हुनेमा विश्वास गर्न नसकिने बताएका छन् ।

सहकारी ठगीमा मुछिएका लामिछाने नेतृत्वको प्रहरी प्रशासनबाट त्यसको निष्पक्ष अनुसन्धान हुन्छ भनेर पत्याउन नसकिने उनले बताए । प्रतिपक्षको ठाउँबाट सहकारी काण्ड फासफुस हुने खतरा देखिएको उनको भनाइ थियो । हजारौँ मानिस सहकारीबाट पीडित छन् । पोखराको सुर्यदर्शन सहकारीले १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा गरेको उनले बताए ।

‘पोखरा महानगरपालिकाले अध्ययन ग¥यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो । सय जना मानिसले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ८८ पृष्ठमा यसरी नक्कली खाता खोल्ने मानिसहरू मध्येको एउटा नाम हो रवि लामिछाने,’ थापा भन्छन् ,‘माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ । भोलि प्रधानमन्त्री बन्नुहोला शुभकामना छ । बन्न पनि सक्नुहुन्छ । अलग विषय हो ।’

सहकारीबाट लामिछानेले गैर कानुनी रूपमा एक करोड लिएको उनको दाबी छ । ‘सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनले भन्छ यो गैर कानुनी छ । उहाँको स्पष्टीकरण सुनेँ । तीन मिनेट बिस सेकेन्डको थियो । स्पष्टीकरणमा भनिएको छ,’ लामिछानेको प्रस्टीकरणमाथि प्रश्न उठाउँदै उनले भने, ‘कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन । यस्तै मान्ने हो भने सम्माननीय महोदय सय जनै मानिसको रिपोर्ट पढेँ । सय जनाले एक अर्ब रुपैयाँ लिएको प्रकृति यही हो । कसैको धितो छैन । कोही सहकारीको सदस्य होइन । कुनै प्रक्रिया पु¥याइएको छैन । एक अर्ब झ्वाम्म ।’

रवि लामिछाने प्रबन्ध निर्देशक रहेको तत्कालीन गोरखा मिडियाले गैर कानुनी रूपमा पचासौँ करोड रुपियाँ लिएको उनले बताएका छन् । यसबारे पनि गृहमन्त्री लामिछानेले दिएको प्रस्टीकरणमाथि महामन्त्री थापाको प्रश्न छ । ‘त्यो प्रस्टीकरण ११ मिनेट ५३ सेकेन्डको थियो । त्यसपछि मेरा तीन वटा प्रश्न रहे । जो म प्रधानमन्त्रीलाई सोध्छु । २०७८ वैशाखदेखि ०७९ जेष्ठसम्म यसको सञ्चालक रवि लामिछाने पनि हुनुहुन्थ्यो । त्यो बेलामै सहकारीबाट दसौँ करोड लगिएको छ । जबकि एक सुक्का पनि लान पाइन्न । यो कम्पनी अहिले डुबिसक्यो,’ उनी भन्छन्, ‘स्पष्टीकरणमा भनिएको छ— मैले पैसा हालेको पनि छैन । मैले पैसा फिर्ता गरेको पनि छैन । बुटवलको सुप्रिम सहकारीबाट एक करोड रुपियाँ लिएर गएको छ । यो पनि गैर कानुनी छ । मैले फिर्ता लगिएको छैन भनिएको छ । कम्पनी रजिस्टारको कार्यालयमा तमसुक गरेर एक करोड असी लाख लिएर आएको सरकारी कागज बाहिर प्रमाणको रूपमा आएको छ । यो पनि गैर कानुनी छ ।

जीवी राई लगायतको समूह समूहले अर्बौँ रुपियाँ अपचलन गरेको भन्दै सबैभन्दा ठुलो पैसा ग्यालेक्सी टिभीमा गएको उनको दाबी छ । प्रहरीलाई पीडितहरूले जम्मा गरेर प्रमाण दिएको भन्दै त्यसमा मुछिएको मान्छेले अनुसन्धान गर्छ भनेर आफूहरूले कसरी पत्याउने भन्ने उनको प्रश्न छ । उनले भनेका छन्, नयाँ आएको मन्त्रीलाई काम गर्न दिनु तयार रहेको भन्दै निष्पक्ष अनुसन्धानको विश्वास खोजेको महामन्त्री थापाको भनाइ छ ।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएर कुनै बखेडा झिक्न नखोसेको उनले प्रस्ट पारेका छन् । गगन लगत्तै बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै गृहमन्त्रीको रुपमा स्वीकार्न आँट गर्न आग्रह गरे । गगनलाई जवाफ दिँदै सांसद चौधरीले अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरु हेर्न आग्रह गरे । उनले सांसद थापालाई सत्ताका लागि पानी बिनाको माछाझैँ नतड्पिन सुझाव समेत दिएका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top