नेप्सेमा आज ६ दशमलव २४ अङ्कको गिरावट

५ चैत ८०, मंगलबार

६ चैत , काठमाण्डौ ।

Advertisement

हिजो सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ विन्दुमा पुगेको छ । आज फाइनान्स, जीवन बीमा र लघुवित्तबाहेक सबै समूहको शेयर घट्दा उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर झण्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुद्धभूमि नेपाल हाड्रोपावर कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ ।आज ९४ लाख ७८ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २५ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top