×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेतन्याहूलाई बाइडेनको चेतावनी,रफाहमा गल्ती नगर्नु

६ चैत्र २०८०

६ चैत , विराटनगर ।
विश्वमा चीन, रूस र उत्तर कोरियाको बढ्दो मोर्चाबन्दीलाई ध्यानमा राख्दै अमेरिका आफ्नो गुटलाई थप बलियो बनाउन लागि परेको छ । अब उसले फिलीपिन्स र जापानको साथमा पनि पहिलो त्रिपक्षीय शिखर वार्ता गर्न लागेको छ ।

तिनै देशका नेताहरु त्रिपक्षीय शिखर सम्मेलनका लागि ११ अप्रिलमा भेट गर्दैछन् । यसको मुख्य एजेण्डा नै चीनतर्फबाट बढ्दो खतरालाई फोकस गर्ने बताइएको छ । व्हाइट हाउसकी प्रेस सचिव क्यारिन जीन–पियरेले सोमवार बताएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानी पीएम फुमियो किशिदा र फिलीपिन्सका राष्ट्रपति फर्डिनेण्ड आर मार्कोस जूनियरलाई आथित्यता प्रदान गर्नेछन् ।

Advertisement
Advertisement

व्हाइट हाउसले घोषणा नै गरेको छ कि यो शिखर वार्ता व्हाइट हाउसमा हुनेछ । उसले भनेको छ, ३ जना नेताहरु इंडो–प्यासिफिक र त्यसभन्दा अगाडि त्रिपक्षीय सहयोगको विस्तार गर्न चाहान्छन् । जीन पियरेले पनि राष्ट्रपति बाइडेनले अन्तर्राष्ट्रिय कानून कार्यान्वयन गराउन र स्वतन्त्र एवं खुला एसिया–प्रशांत क्षेत्रलाई बढावा दिइने अमेरिकी प्रतिबद्धतामा जोड दिने बताएकी छिन् ।

खासमा अमेरिका, जापान र फिलिपिन्सले दक्षिण चीन सागरलाई लिएर एसिया प्रशांत क्षेत्रमा चीनको बढ्दो आक्रामकताको आलोचना गर्दै आएका छन् । किनभने चीनले यसमा आफ्नो दाबी गरेको छ । बेजिंग र फिलिपिन्सका बीच लगातार यसलाई लिएर तनाव बढ्ने गरेको छ।

उता मध्यपूर्वमा रहेको एक खास पार्टनरसंग अमेरिकाको खटपट सुरु हुन थालेको छ । हमासविरुद्ध हृदयदेखिनै सघाएको अमेरिका अहिले आएर इजरायलसंग चेतवानीको स्तरमा पुगेको छ । यसबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र इजराइली प्रधानमंत्री बेन्जामिन नेतन्याहूबीच इजराइल र हमासबीच जारी युद्धका बारेमा सोमवार उच्च स्तरीय वार्ता भएको थियो ।

यसबारेमा व्हाइट हाउसका राष्ट्रीय सुरक्षा सलाहकार ज्याक सुलिभानले प्रेस कन्फ्रेन्सका क्रममा जानकारी दिएका हुन् । सो क्रममा बाइडेनलाई उदृत गर्दै उनले भने, युद्धको शुरुवातपछि इजरायलले कयौं सैन्य सफलताहरु प्राप्त गरेको तर गाजामा आम मानिसहरुको बढ्दो मृत्युलाई लिएर बाइडेनले चिन्ता जनाएको पनि खुलाएका छन् ।

सुलिभानले भने, राष्ट्रपति बाइडेनले हमासविरुद्धको इजराइली अभियानलाई जारी राखिने प्रतिबद्धतालाई दोहोर्याएका छन् । तर साथै उनले इजरायललाई सचेत पनि गराए । राष्ट्रपति बाइडेनले इजराइली प्रधानमंत्रीलाई सल्लाह पनि दिए कि रफाहमा हमला गर्नु इजरायली सेनाको ठूलो गल्ती हुनेछ ।

दक्षिणी गाजामा रहेको रफाह शहरमा अहिले युद्धको क्रममा भागेर आएका लाखौं शरणार्थीहरुले शरण लिएका छन् । यो दक्षिणी गाजाको सबैभन्दा धेरै जनसंख्या भएको युद्धबाट जोगिएको अन्तिम केन्द्र हो, जहाँ कुनै पनि इजरायली सेना छैनन् ।

यहाँ पनि आक्रमण गरे अहिले देखिएको मानविय संकट झनै बढ्ने, सो हमलमा निर्दोष मानिसहरु धेरै हताहती हुने, यसले अराजगता बढाउने र यसले इजरायललाई अन्तर्राष्ट्रियरुपमा एक्लो बनाउँने भन्दै बाइडेनलले नेतन्याहुलाई चेतवानी पनि दिए ।

यो युद्धमा परि गाजामा अहिलेसम्म ३१ ह्जारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अहिले नै यी मृत्युलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ र इजरायलका कयौं सहयोगीहरु उबाट टाढा हुँदै गएका छन् ।

सुलिभानका अनुसार राष्ट्रपति बाइडेनले कुराकानीका क्रममा नेतन्याहूलाई गाजामा स्वच्छ र रणनीतिक रुपले खेल अन्त्य गर्न पनि भनेका छन् । यसका साथै बाइडेनले एक इजराइली टीमलाई वशिंगटन पठाउन पनि नेतान्याहुलाई मनाएको जानकारी पनि बाहिरिएको छ।

यसका साथै अब रफाहमा आक्रमणलाई लिएर अमेरिकी चिन्तालाई मध्यनजर गर्दै एक सीनियर इंटरएजेंसी टीम वाशिंगटन जाने पनि बताइएको छ । जसमा सैन्य, गुप्तचर र मानवीय सहायताका अधिकारी सामेल हुनेछन् ।

सुलिभानले भनेका छन्, हामीलाई विश्वास छ कि इजरायलले अब आफ्नो आक्रमण कम्तिमा पनि यो बैठक नहुन्जेल गर्ने छैन । यसबारेमा इजरायली प्रधानमंत्री बिन्यामिन नेतन्याहूले पनि सामाजिक संजाल एक्समा लेखेका छन्, कि दुवै नेताहरुबीच ‘युद्धका ताजा घटनाक्रमहरु’ र संघर्षमा इजराइलका लक्ष्यहरुलाई लिएर चर्चा भयो ।

उनले अगाडि भनेका छन्, यसमा कयौं उद्येश्य सामेल छन्, जस्तो कि हमासको सफाया, हाम्रा सबै बन्धकहरुको रिहाई, र यो सुनिश्चित गर्नु कि फेरि पनि इजरायलका लागि कुनै पनि प्रकारको खतरा नआओस् ।

रफाहामा युद्ध रोक्नेबारे अमेरिका र इजरायलबीच यस्तो मतभिन्नता देखिँदा अब यो युद्ध अन्त्य हुन्छ कि थप संकट आउँछ अहिले भन्न सकिने अवस्था छैन । तर युद्ध रोकिएन भने इजरायल र अमेरिकाबीच अहिले देखिन थालेको खटपटले तनावकै स्थिति लिने देखिन्छ।

यद्यपि गाजा प्रकरणमा अमेरिकाको बोली र व्यवहारमा एकरुपता अझै देखिएको छैन् । बाहिरी रुपमा गाजाको आक्रमणको विरोध गरिरहेपनि अमेरिका हमासको नाम निशाना मिटाउने योजनामा अझै दृढ छ । तर युद्धविरामको बढ्दो दबाबले अमेरिका इजरायलविरुद्ध कडा रुपमा बोल्न विवश छ ।

Advertisement

अर्काे तर्फ चीन, रुस र उत्तरकोरियाबीच बढ्दो निकटता, अमेरिकालाई नै भारी पर्ने देखिन्छ । यसबारे आफ्ना टिप्पणीहरु राख्न सक्नुहुनेछ । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top