×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

समाजवादी मोर्चामा ओलीलाई रेड कार्पेट !

९ चैत्र २०८०

९ चैत , काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई पनि समेटेर अघि बढ्ने सहमति भएको छ । सत्ता गठबन्धनमा एमाले सहभागि भएसँगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्न पहल भएको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुङ्गोमा पुग्ने निर्णय भएको संयोजक नेत्रविक्रम चन्द विप्लवले बताएका छन् ।

Advertisement
Advertisement

अब एमालेसहितको मोर्चा बनाउन चार दलले पहल गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग थप छलफल गर्ने बैठक निर्णय गरेको छ । ‘यसअघि स्थगित भएको अन्तरक्रिया कार्यक्रमलाई सञ्चालन गर्ने विषयमा आज छलफल भयो ।

यसैगरी समाजवादी मोर्चालाई अन्य दलसँग पनि कसरी जोड्ने भन्नेबारे छलफल केन्द्रित भयो । यस विषयमा एमालेसँग प्रधानमन्त्री र माधव नेपालले कुराकानी गर्नुहुन्छ । एमालेसमेत बसेर कार्यक्रम टुङ्ग्याउने गरी बैठक स्थगित भएको उनले बताएका छन् । यसअघि बसेको मोर्चाको बैठकले चैत तीन गते काठमाडौँमा अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

तर यसबिचमा सत्ता समीकरण बदलिएपछि सो कार्यक्रम स्थगित भएको थियो । यसैबिच बिहीबार मात्रै एमालेलाई मोर्चामा ल्याउने विषयमा संयोजक विप्लवले ओलीसँग २ घण्टा लामो कुराकानी गरेका थिए । चार दल सम्मिलित समाजवादी मोर्चाको सत्ता गठबन्धन परिवर्तन भएपछिको अवस्थाबारे छलफल भएको छ।

मोर्चाको बैठकले थप विस्तार र प्रभावकारी बनाउँदै अघि बढ्ने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका अनुसार एमालेसहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउनेबारे निर्णय भएको छ। ओलीसँग मोर्चाका संयोजक नेत्रविक्रम चन्दले बालुवाटार पुगेर भेट गरेका थिए। बालुवाटारमा ओलीको सकारात्मक जवाफबारे आजको बैठकमा विप्लवले जानकारी गराएका थिए।

मोर्चाको आगामी कार्यक्रमहरू केही दिनमा ठोस गरेर लैजाने सहमति भएको छ। मोर्चाले सरकारलाई प्रभावकारी बनाउन सुझाव दिँदै भ्रष्टाचार, अनियमितता, लघुवित्त र सहकारी ठगीलगायतका विकृतिहरू रोक्नको लागि आवश्यक कदम चाल्नेबारे पनि छलफल भएको छ। गएको असारमाचार दल सम्मिलित समाजवादी मोर्चा नेपाल गठन भएको थियो ।

मोर्चामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । मोर्चामा लामो समयदेखि मोर्चाको वकालत गरिरहेका नेसपाका डा. बाबुराम भट्टराई भने अटाउन सकेनन् ।

मोर्चाले १५ बुँदे प्रतिबद्धता समेत जारी गरेको छ । आलोपालो नेतृत्व गर्दै संसद् र सडकमा समान विचार भएका मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नका लागि समाजवादी मोर्चा बनाइएको नेताहरूको प्रतिक्रिया छ  । प्रतिनिधिसभामा समाजवादी मोर्चाका अहिले ५४ सांसद छन् । यसमा दोस्रो ठूलो दल सहभागि भए संसदमा सबैभन्दा बलियो शक्ति बन्नेछ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top