कार दुर्घटनामा घाइते भएका विशाल भण्डारीलाई किन पक्रियो प्रहरीले ?

९ चैत ८०, शनिबार

१० चैत, काठमाण्डौ । 

Advertisement

कार दुर्घटनामा परेका ‘कमेडी च्याम्पियन’का सञ्चालक तथा फिल्म निर्देशक विशाल भण्डारी अझै प्रहरीको नियन्त्रणमा छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार घटना अनुसन्धानका लागि निर्देशक भण्डारी र पुजन अधिकारीलाई शुक्रबारदेखि भक्तपुरको जगातीस्थित प्रहरी वृत्तको नियन्त्रणमा राखिएको हो ।

दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए । तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको छ ।

Advertisement

‘दुर्घटनामा परेको कार दुई जनामध्ये कसले चलाएको भन्ने विषयमा सोधपुछ भइरहेको छ’, डीएसपी पाठकले भने, ‘विशाल भण्डारीले नै चलाएका थिए भन्ने बुझिएको छ, तर उनले चाहिँ पुजनले चलाएको भनिरहेका छन् । यही स्पष्ट नभएकाले उनीहरूलाई प्रहरीको नियन्त्रणमै राखिएको हो।’

शुक्रबार बिहान भक्तपुरकै नगरकोटबाट फर्किंदै गरेको बा–१–०२६ ०३५९ नम्बरको कार जगातीमा रोकिराखेको टिप्परसँग ठोक्किँदा कारमा सवार विशाल भण्डारीसहित ४ जना घाइते भएका थिए । घाइतेमध्ये सुशान्त बस्यालको अवस्था अलि गम्भीर रहेको र उनको उपचार मध्यपुर ठिमी अस्पतालमा जारी रहेको डीएसपी पाठकले जानकारी दिए ।

Advertisement

‘अन्य घाइतेको अवस्था सामान्य रहेको बुझिएको छ’, उनले भने, ‘प्रहरीको नियन्त्रणमा रहेका भण्डारी र अधिकारी त हिजै डिस्चार्ज भएका हुन्।’ गम्भीर घाइते सुशान्तसँगै अर्का एक जना पनि उपचाररत रहेको तर उनको अवस्था सामान्य रहेको उनले बताए । रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top