भोलि चन्द्र ग्रहणः सुतक लाग्छ कि लाग्दैन ? नेपालबाट देखिन्छ ?

१० चैत ८०, आइतबार

११ चैत , काठमाण्डौ ।

फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात् भोलि (सोमबार) सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ । ग्रहण नेपालबाट भने देख्न नसकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताएका छन् ।

‘यो ग्रहण नेपालबाट देख्न सकिँदैन उनले भनेका छन्, उत्तर र पूर्वी एसिया, युरोप, अमेरिका, क्यानडालगायतका देशबाट मात्र देख्न सकिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले नेपालबाट यो चन्द्रगहण नदेखिने भएका कारण सुतक अवधि पनि नलाग्ने बताए ।

Advertisement

उनका अनुसार ग्रहणले नेपालमा रहने कुनै पनि राशिका मानिसलाई प्रभाव पार्दैन । यो सन् २०२४ को पहिलो चन्द्रग्रहण हो । यस्तै चैत २६ गते औशीका दिन पूर्ण सूर्यग्रहण लाग्दैछ । यस खगोलीय घटनाका सम्बन्धमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो मार्ग, समय र वैज्ञानिक अनुसन्धानमा भएको भिन्नताका कारण सन् २०२४ को ग्रहण अझ रोमाञ्चक हुनसक्ने बताएको छ ।

वैज्ञानिकहरुका अनुसार सन् २०२४ को यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो सूर्यग्रहण हुनेछ । चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँदा पूर्ण सूर्यग्रहण लाग्छ। जसका कारण सूर्यको किरण पृथ्वीमा पुग्न रोकिन्छ र पृथ्वीको सतहको एक भाग छायाँमा पर्न जान्छ । कुल सूर्यग्रहण पछिल्लो आधा शताब्दीमा सबैभन्दा लामो हुने वैज्ञानिकहरूले बताएका छन् ।

सूर्य साढे ७ मिनेटको लागि देखिने छैन, जुन सामान्य भन्दा धेरै लामो छ। पछिल्लो पटक आकाशमा यस्तो लामो अन्धकार सन् १९७३ मा देखिएको थियो, जसले अफ्रिकी महादेशमा आफ्नो छायाँ परेको थियो । यो हो २१५० सम्म प्रशान्त महासागरमा फेरि देखिने छैन।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top