काठमाडौँ, भदौ २९
भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपालले ८ विकेटको हार बेहोरेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य पछ्रयाएको भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा ग¥यो ।
भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिए । कप्तान अनुज रावतले ४७ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार/चार विकेट लिए ।
त्यस्तै नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक /एक विकेट लिए ।त्यसअघि ब्याटिङ गरेको नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका प्रहार गरे तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए ।