×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१८ दिनसम्म कहाँ थिए अपहरित विद्यार्थी ?

१२ चैत्र २०८०

१२ चैत , एजेन्सी ।
नाइजेरियामा अपहरणमा परेको १८ दिनपछि विद्यार्थी र विद्यालयका कर्मचारीलाई सेनाले उद्धार गरेको छ । एक अर्ब नाइराको माग गरेर यही मार्चको ७ तारिखमा काडुना राज्यको कुरिगाबाट दुई सय ८७ जना विद्यार्थी र कर्मचारीलाई एक समूहले अपहरण गरेको थियो । केही विद्यार्थी र कर्मचारी भागेका थिए ।

आज बिहान जामफाराबाट एक सय ३७ जनालाई सेनाले अपहरणकारीबाट मुक्त गर्न सफल भएको नाइजेरियाका सैन्य प्रवक्ता मेजर जनरल एडवर्ड बुबा बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । उनीहरुलाई जंगलबाट मुक्त गराएको र परिवारलाई बुझाउनुअघि स्वास्थ्य परीक्षण गरिने सेनाको भनाई छ ।

Advertisement
Advertisement

छुट्न बाँकीको बारेमा सरकारले आधिकारिक रुपमा केही बोलेको छैन ।नाइजेरियामा फिरौतीका लागि अपहरण गर्ने घटना सामान्य हुँदै गएका छन् । एक दशकअघि आतंकवादी संगठन बोको हरामले दुई सय ७६ जना छात्रालाई अपहरण गरेको थियो, केही छात्रा अहिले पनि रिहा भएका छैनन् ।

यसअघि सन् २०२१ मा पनि एक सय ५० जना विद्यार्थी अपहरणमा परेका थिए । यस पटक पनि अपहरणकारीले सरकारसँग छ लाख ९० हजार अमेरिकी डलर अर्थात् एक अर्बभन्दा धेरै नाइजेरियाली मुद्रा अर्थात नाइराको माग गरेका थिए । सरकारले फिरौती दिन अस्वीकार गर्दै खोजी अभियान चलाएको थियो । नाइजेरियामा अपहरणका घटना दैनिकजसो हुने गरेका छन् । आफ्ना प्रियजनहरूको रिहाईका लागि त्यहाँका नागरिकहरु जग्गा, गाईवस्तु र अन्न बेच्न बाध्य हुने गरेका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top