×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देउवा तारम्तार बालुवाटार किन दौडिरहेका छन् ?

१५ चैत्र २०८०

१५ चैत , काठमाण्डौ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज पनि भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो । संसदलाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

Advertisement
Advertisement

पछिल्लो पटक देउवा र प्रचण्डबीचको भेटवार्ता बाक्लिएको छ । सहकार्य तोडिएपछि पहिलो पटक मंगलबार राति उनीहरूबीच भेटवार्ता भएको थियो । मंगलबार राति दुई नेताबीच एक घण्टा छलफल भएको थियो । त्यसको ४८ घण्टा नबित्दै देउवा र प्रचण्डबीच फेरि आज बिहान भेटवार्ता भएको हो । आसन्न उपनिर्वाचमा साझा उम्मेदवारका सन्दर्भमा सत्तारुढ दलहरू एक मत हुन नसकेको बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि प्रधानमन्त्रीको सचिवालय भने संसदमा विचाराधिन विधेयक र संसदको अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताउँछ । भेटमा संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेको भन्दै सो सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरी संसदमा अवरोध गर्दै आएको छ ।

यस्तै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन अवस्थामा छ । गत फागुन २१ मा कांग्रेससँग सहकार्य तोडेर एमालसँग गठबन्धन गरेका प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई धोका दिएको कांग्रेसको आरोप छ ।

आजको भेटमा राष्ट्रिय मुद्दाहरूमा सबै दल मिलेर अघि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा देउवा पनि सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले बताए । उनले भने, ‘राष्ट्रिय मुद्दाहरूमा सत्तापक्ष र प्रतिपक्ष नराखौं, मिलेर अघि बढौं भन्ने प्रधानमन्त्री प्रचण्डको आग्रह थियो ।

खासगरी अदालतबाट समेत आदेश आइसकेको सन्दर्भमा टीआरसीलाई अघि बढाउने, विधेयक अधिवेशनमा त्यति धेरै विधेयकहरू अघि नबढेकाले अब बढाऔं भन्ने लगायतका मुद्दामा प्रधानमन्त्रीले आग्रह गर्नुभयो र त्यसमा देउवाबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।’ कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भेटवार्ताको क्रममा संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बताए ।

Advertisement

‘१८ गते प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ । त्यहीबारेमा कुरा भएको हो,’ देउवाले भने । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत नाम मुछिएको विषयमा संसद्मा प्रश्न उठाउँदै आएको छ । आजको भेटमा त्यो विषयमा भने छलफल नभएको स्वकीय सचिव देउवाले बताए ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top