×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

किन ट्रोलको शिकार बने हार्दिक पाण्ड्या ?

१५ चैत्र २०८०

१५ चैत , एजेन्सी ।

क्रिकेट प्रेमीहरुका लागि यतिबेला छिमेकी राष्ट्र भारतमा महाकुम्भ चलिरहेको छ । नजिकिदो चुनावी सरगर्मीका बीच इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को चर्चा त्यतिनै बढी छ । खासगरी आईपीएलमा अहिले मुम्बई इन्डियन्सका कप्तान तथा अलराउन्डर हार्दिक पाण्ड्या र पूर्वकप्तान रोहित शर्मालाई लिएर निकै चर्चा बढेको छ।

Advertisement
Advertisement

५ पटक मुम्बई इन्डियन्सलाई उपाधि जिताउन सफल भएका रोहितलाई उनीसँगको परार्मश विनानै हार्दिकलाई कप्तानीको जिम्मेवारी सुम्पिएपछि मुम्बईका समर्थकसमेत टिमसँग चिढिएका छन् । मुकेश अम्बानी पत्नी निता अम्बानी मालिक रहेको मुम्बईले टिमको जिम्मा हार्दिकलाई दिएपनि सहजताका साथ टिममा रहेर खेलिरहेका रोहितमाथि कप्तान हार्दिकले गरेको व्यवहारले भने उनका समर्थक झनै चिढिएका छन् ।

यसैकारण हार्दिक सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका छन् । अनि उनका समर्थक र शुभचिन्तकले समेत आलोचना गरिरहेका छन् । आइतबार राति मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच खेलमा हार्दिकले फिल्डिङ मिलाउने क्रममा औंला देखाउँदै रोहित शर्मालाई पछाडि जान सुझाव दिएका थिए । उनले रोहितप्रति गरेको त्यो व्यवहार धेरै क्रिकेट समर्थकलाई मन परेन ।

रोहित आफैं अचम्ममा पर्दै कसलाई भनेको भनेर उल्टै सोधेका थिए । हार्दिकले रोहितलाई कप्तानी सिकाएको र सिनियरको सम्मान नगरेको भन्दै समर्थक थप रुष्ट बनेका थिए । यस्तै गएरातिको मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलमा पनि फ्यानहरूले हेर्न चाहेको सबै कुरा देखियो ।

कप्तानको रूपमा हार्दिक पाण्ड्याका लागि यो नराम्रो रात थियो, किनकि उनको टोलीले २० ओभरमा २७७ रन दिए, जुन आईपीएल इतिहासमा कुनै पनि टोलीको सर्वश्रेष्ठ स्कोर हो। खेलका धेरै भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमध्ये एउटामा अवस्था बिग्रँदै गएको देखेर पूर्व कप्तान रोहित शर्माले जिम्मेवारी लिएर हार्दिक पाण्डेयलाई बाउन्ड्री लाइन नजिकै फिल्डिङ गर्न पठाएको देखिन्छ ।

जसमा क्रिकेट फ्यानहरु रमाइलो गरेको देखिन्छ । कतिपयले रोहित शर्माले हार्दिक पाण्ड्याबाट बदला लिएको लेखेका छन् भने कतिपयले हार्दिकलाई फिल्डिङका लागि सही ठाउँमा पठाएको बताएका छन् । एउटा भिडियो भाइरल भएको छ जसमा हार्दिक पाण्ड्या बाउन्ड्री लाइनतर्फ दौडिरहेको देख्न सकिन्छ र रोहित शर्माले उनलाई केही भन्दैछन् ।

कमेन्टेटरहरू यसो भन्दै सुनिन सक्छन्– रोहितको सहभागिता हेरिरहेको छ । हार्दिक पाण्डेय बाउन्ड्री लाइनमा फिल्डिङ गर्न लागेका छन् । गुजरात टाइटन्स विरुद्धको खेलको २० औं ओभरमा हार्दिक पाण्ड्याले रोहित शर्मालाई बाउन्ड्री नजिक फिल्डिङका लागि पठाएका थिए । यस क्रममा रोहितलाई अर्डर दिने उनको तरिका फ्यानलाई मन परेन ।

खेलको बारेमा कुरा गर्दा, हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको छ। गुजरातको सुरत सहरमा मध्यमवर्गीय परिवारमा जन्मिएका उनलाई हार्दिक बनाउन रोहित र मुम्बई दुबैको भूमिका महत्वपूर्ण छ ।

गल्ली क्रिकेटमा राम्रो प्रभाव छाडेका उनलाई २०१५ मा मुम्बईले न्यूनतम १० लाख भारुमा किनेको थियो । मुम्बई आउनुअघि उनलाई चिन्ने निकै कम थिए । मुम्बईको टोलीमा राम्रो प्रभाव छाडेपछि २०१६ मा अष्ट्रेलियाविरुद्ध टी–२० आई टोलीमा डेब्यू गरेका थिए । त्यसपछि हार्दिकले अलराउन्ड प्रदर्शन गर्दै प्रमुख अलराउन्डर बनेका थिए ।

उता हिटम्यान उपमा पाएका रोहित भारतको मुम्बई नजिकैको विरोभी गाउँमा सामान्य परिवारका हुर्किएका हुन्। उनका बुबा गुरुनाथ शर्मा ट्रान्सपोर्ट कम्पनीमा काम गर्थे। तर, कम्पनीको स्थिति राम्रो नभएकाले त्यसको कमाइबाट परिवार धान्न गाह्रो थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफ्ना आवश्यकताहरु हजुरबुबा र काकाहरुले पूरा गरिदिने गरेको रोहितले एक अन्तर्वार्तामा बताएका थिए

क्रिकेटमा बाल्यकालदेखि नै चाख राख्ने उनी यो खेल सिक्न चाहन्थे। पारिवारिक स्थिति नाजुक भएकाले उनले बुबासँग पैसा माग्न सक्दैन थिए। एकदिन उनले क्रिकेटको समर क्याम्पमा सहभागी हुन काकासँग ८ सय भारु मागे। तर, काकाले उनलाई २ सय मात्र दिए।

क्याम्पमा २ सय लिएर पुगेपछि तत्कालीन प्रशिक्षकले उनलाई विद्यालय परिवर्तन गर्दै क्रिकेटरलाई छात्रवृत्ति दिने विवेकानन्द स्कुलमा भर्ना हुन् सहयोग गरेका थिए । इन्डियन क्रिकेटका कप्तान तथा आईपीएलमा सफल कप्तान मध्येका एक रोहितले धेरै रेकर्डहरु बनाइसकेका छन् ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top