Nepal Times
Nepal Times
3
Shares

काठमाडौंको मौसम प्रतिकुल, अन्तर्राष्ट्रिय उडान समेत डाइभर्ट

काठमाडौंको मौसम प्रतिकुल, अन्तर्राष्ट्रिय उडान समेत डाइभर्ट

१५ चैत , काठमाण्डौ।

प्रतिकूल मौसमका कारण काठमाडौंबाट उडान अवतरण हुने उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान प्रभावित भएको छ । छुन्देबाट आएको एयर चाइनाको जहाज भने अवतरण गर्न नसकेर डाइभर्ट भएको छ । अहिले ट्रकिस एयरलाइन्स, सिचुवान एयरलाइन्स, नेपाल एयरलाइन्स जहाजले ओभर सुट गरिरहेका छन् ।

डमामबाट आएको नेपाल एयरलाइन्स, टर्कीको स्तानबुलबाट आएको टर्किस एयरलाइन्स र छन्डुबाट आएको सिचुवान एयरले ओभर सुट गरिरहेका छन् । आन्तरिकतर्फ पनि उडान पनि केही प्रभावित भएको छ । मौसमको कारण पोखराको उडान हुन सकेको छैन । त्यस बाहेक अन्य ठाउँमा भने उडान भइरहेको विमानस्थल स्रोतले बताएको छ ।

नेपाल एयरलाइन्सको फाप्लु र भोजपुरको उडान रद्ध गरिएको छ । यस्तै पोखरा र नेपालगन्जमा बुद्ध, यती र श्री एयरको उडान समेत डिले भएको छ । विराटनगरबाट उडेको यती एयरको जहाज जनकपुर हुँदै बाराको सिमरा पुगेको छ । सुरुमा काठमाडौंमा अवतरण हुन् नसकेपछि जनपुर पुगेको जहाज फेरि काठमाडौ उडेपछि अवतरण हुने नसकेपछि सिमरा पुगेको छ ।

केही प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.