×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

जर्मनीमा २० हजार हात्तीको बथान हुलदिने बोत्स्वानाको धम्की

२२ चैत्र २०८०

२२ चैत ,एजेन्सी।

नेपालमा बाँदर, जंगली बँदेल र हात्तीले पनि दुःख दिएजस्तै बोत्स्वानामा पनि हात्तीले सर्वसाधारणको दैनिकीलाई निकै अप्ठ्यारोमा पारिरहेको छ । बोत्स्वानाको सरकार एकातिर हात्ती व्यवस्थापनसंग जुधिरहेको छ भने अर्कातिर यसैका कारण उसको जर्मनीसंग चर्काचर्की परेको छ । बोत्स्वानाका राष्ट्रपतिले जर्मनीलाई हात्ती लगाइदिने चेतावनी नै दिएका छन् ।

Advertisement
Advertisement

वन्यजन्तु संरक्षणसम्बन्धी एउटा विवाद चर्किएपछि बोत्स्वानाका राष्ट्रपतिले २० हजार हात्ती जर्मनी पठाउने चेतावनी दिएका हुन् । यो वर्षको सुरुतिर जर्मनीको पर्यावरण मन्त्रालयले आखेटोपहार आयातमा अझ कडाइ गरिनुपर्ने बताएको थियो । यसैबारे जर्मन सञ्चारमाध्यमसँग कुरा गर्दै बोत्स्वानाका राष्ट्रपति मोख्वेट्सी मासिसीले जर्मनीको निर्णयले आफ्नो देशका जनतालाई गरिब बनाउने बताए ।

संरक्षण अभियानका कारण हात्तीको सङ्ख्या निकै बढेको र तिनको नियन्त्रण गर्न सिकारले सघाउने उनको तर्क थियो । “जसरी तपाईँहरूले हामीलाई भन्न खोज्नुभएको छ त्यसरी नै जर्मन नागरिकहरूले ती जीवसँग बस्नुपर्छ,“ जर्मन पत्रिका ’बिल्ड’सँग उनले भने । “यो कुनै ठट्टा हैन।“ बोत्स्वानामा विश्वभरि भएकामध्ये एकतिहाइ अर्थात् एक लाख ३० हजार भन्दा बढी हात्ती छन् ।

ती हात्तीलाई बोत्स्वानामा ठाउँ पुग्दैन । मासिसीले हात्तीका बथानले धनजनमा क्षति पु¥याउने र अन्नपात खाएर दुःख दिने गरेको बताए । हात्तीको सङ्ख्या कम गर्ने प्रयासमा बोत्स्वानाले छिमेकी देश एङ्गोलालाई ८ हजार वटा र मोजाम्बिकलाई सयौँ हात्ती दिएको थियो । “हामी जर्मनीलाई त्यस्तो उपहार दिन चाहन्छौँ,“ उनले भने । तर नाइँ भन्ने उत्तर आफूले नखोजेको उनले बताए ।

बोत्स्वानाले सन् २०१४ मा शिकारमाथि प्रतिबन्ध लगाएको थियो । तर स्थानीय समुदायबाट दबाव आएपछि २०१९ मा प्रतिबन्ध फिर्ता गरियो । अहिले त्यहाँ शिकारका लागि वार्षिक कोटा तोकिन्छ । अधिकारीहरूका अनुसार त्यसबाट स्थानीय समुदायहरूले आयआर्जन गर्न पाउँछन् अनि शिकारका लागि अनुमति लिएको हुनुपर्ने भएकाले त्यो नियन्त्रित हुन्छ ।

सरकारले हात्ती मारेर त्यसको मासु घरपालुवा जनावरलाई खानाका रूपमा दिने योजनाबारे विचार गरेको थियो । ह्यूमन सोसाइटी इन्टरन्याश्नलले सन् २०२१ मा प्रकाशित गरेको प्रतिवेदनका अनुसार जर्मनी ईयूमा अफ्रिकी हात्तीको शिकार गरेर बनाएका समान र समग्रमा सबै आखेटोपहारको सबैभन्दा ठूलो आयातकर्ता हो ।

Advertisement

अस्ट्रेलिया, फ्रान्स र बेल्जियमले पनि आखेटोपहारको व्यापारमा प्रतिबन्ध लगाएका छन् । मार्च महिनामा यूकेका सांसदहरूले पनि त्यस्तो प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए ।a

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top