आज चेन्नई भर्सेस हैदराबाद, को छ बलियो ?

२२ चैत ८०, शुक्रबार

२३ चैत , एजेन्सी ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शुक्रबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच भिडन्त हुँदैछ । खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको १७ औँ संस्करणमा साविक विजेता चेन्नई र हैदराबाद दुवैको यो चौथो खेल हो । यसअघि खेलिएको तीन खेलमा चेन्नईले दुई जित हात पारेको छ ।

एक खेलमा भने चेन्नई पराजित भएको छ । चेन्नई चार अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । हैदराबादले भने यसअघि खेलिएको तीनमध्ये एक खेलमा मात्र जित हासिल गर्न सकेको छ । दुई खेलमा हैदराबाद पराजित भएको थियो । हैदराबाद दुई अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ । आईपीएलको इतिहासमा चेन्नई सर्वाधिक सफल टोली हो ।

चेन्नईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । हैदराबादले भने हालसम्म एकपटक मात्र आईपीएलको उपाधि जित्न सकेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि हात पारेको थियो । चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच हालसम्म इन्डियन प्रिमियर लिगमा कुल १९ खेल खेलिएको छ । त्यसमध्ये १४ खेलमा चेन्नईले हैदराबादलाई हराएको छ ।

बाँकी पाँच खेलमा भने हैदराबाद विजयी भएको छ । समग्रमा चेन्नईले हैदराबादविरुद्ध ७४ प्रतिशत खेल जितेको छ । हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा चेन्नई र दुई खेलमा हैदराबाद विजयी भएको छ ।

चेन्नई र हैदराबादबिच शुक्रबारको खेल हुने राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम ब्याट्सम्यानका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा खेलिएको खेलमा गतिलो रन बन्ने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको ७२ खेल खेलिएको छ । त्यसमध्ये ३२ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ४० खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top