प्रिमियर लिगमा आज ७ खेल, कुन खेल कति बजे ?

२३ चैत ८०, शनिबार

२४ चैत, एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आज सातवटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज बेलुका सवा ५ बजे म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसबिच खेल हुनेछ । सिटी ३० खेलमा ६७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा क्रिस्टल प्यालेस ३० अंकसहित चौधौँ स्थानमा छ ।

त्यस्तै बेलका पौने ८ बजे उल्भ्स र वेस्ट ह्याम, एभर्टन र बर्नली, एस्टनभिल्ला र ब्रेन्टफोर्ड, फुलहम र न्यूक्यास तथा लुटन टाउन र बर्नमाउथ खेल्दैछन् ।आज हुने अर्को खेलमा राति सवा १० बजे आर्सनल र ब्राइटनबिच प्रतिस्पर्धा हुनेछ । आर्सनल ३० खेलमा ६८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ४३ अंक रहेको ब्राइटन नवौँ स्थानमा छ ।

प्रिमियर लिगमा ३० खेलमा ७० अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । लिभरपुल २४ घण्टाभित्रै शीर्ष स्थानमा फर्किएको हो । आर्सनल भन्दा १ अङ्कले पछि रहेको लिभरपुलले बिहीबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अङ्क थप गरेपछि शीर्ष स्थानमा २ अङ्कको अग्रता लिन सफल भयो ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top