विराटनगर,भदौ ३०
सुनसरीको चतरास्थित जगद्गुरु पीठ एवम मन्दिर दीगोरुपमा संचालनकालागि अक्षयकोष स्थापना एवम भोजनालय निर्माणगर्ने उद्धेश्यले विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको छ ।महायज्ञ आयोजनाको अवसरमा आज विहान शोभायात्रा निकालिएको छ ।
विराटनगर बरगाछीस्थित राधारमण मन्दिरबाट निकालिएको शोभायात्राले कोशीराजमार्गको विभिन्न भागको परिक्रमा गरेको छ ।पञ्चेबाजा र झांकी सहित निकालिएको शोभायात्राले पीपलचोक र कंचनवाडीचोकको परिक्रमागदै महायज्ञ आयोजनास्थल विराटनगर–४ स्थित दाहाल सेवा प्रतिष्ठानमा पुगेर समापन भएको थियो ।
शोभायात्रामा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य समेत सहभागि थिए ।भाद्र ३० गतेबाट असोज ७ गतेसम्म संचालन हुने महायज्ञमा श्रीराधाकृष्ण मन्दिर देवघाटका पीठाधिश आचार्य हरिशरण महाराजले कथावाचन गर्नेछन् ।