×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

वैज्ञानिक अनुशन्धानमा चीन पहिलो, भारत तेस्रो

२५ चैत्र २०८०

२५ चैत, विराटनगर ,काठमाण्डौ , एजेन्सी ।

केही जी २० देशहरूले विगत केही दशकहरूमा आफ्नो वैज्ञानिक क्षमतामा ठूलो वृद्धि देखेका छन्। वैज्ञानिक अनुसन्धान प्रकाशनहरूको श्रेणीमा चीन पहिलो स्थानमा छ। ग्लोबल टाइम्सको एक्स ह्यान्डलमा रहेको पोस्टका अनुसार चीनले सन् २०२२ मा १० लाख २२ हजार ३ सय २२ वैज्ञानिक अनुसन्धान प्रकाशित गरेको छ । जुन जी २० देशहरूमा सबैभन्दा उच्च हो।

Advertisement
Advertisement

सूचीमा अमेरिका दोस्रो स्थानमा छ । जसले ७ लाख २१ हजार २ सय ५१ वैज्ञानिक शोधपत्र प्रकाशित गरेको छ । भारतले अनुशन्धान पत्रको मामिलामा बेलायतलाई पनि पछाडि छोडेको छ । चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले पनि भारतको उपलब्धिको प्रशंसा गरेको छ। भारतले २०२२ मा २ लाख ७८ हजार ४९६ वैज्ञानिक अनुसन्धान प्रकाशित गरेको छ भने बेलायतले सोही अवधिमा २ लाख ३७ हजार ८ सय ४२ अनुसन्धान प्रकाशित गरेको छ ।

बेलायत वरियतामा चौथो स्थानमा झरेको छ । २ लाख १ हजार ७ सय ३५ अनुसन्धान प्रकाशनहरूको साथ जर्मनी पाँचौं स्थानमा छ। इटाली १ लाख ५३ हजार ६ सय ३सहित छैटौं स्थानमा, जापान १ लाख ४२ हजार १ सय १४ प्रकाशनसहित सातौं, क्यानडा १ लाख ३२ हजार ५७ सहित आठौं, अष्ट्रेलिया १ लाख २५हजार ९ सय १५ सहित नवौं र फ्रान्स १ लाख २४हजार ६ सय ८९ अनुसन्धान प्रकाशित गरेर दशौंमा स्थानमा छ।

नेदरल्याण्डमा आधारित प्रकाशन गृह एल्सेभियरको एक प्रतिवेदनले देखाउँछ कि २०१२ र २०२२ को बीचमा, भारतमा लेखकहरूको वैज्ञानिक प्रकाशनहरूको संख्यामा ९.७ प्रतिशतको वृद्धि भएको थियो । जबकि बेलायतको लागि यो सोही अवधिमा १.९ प्रतिशत मात्र थियो। यसैबीच चीनमा अनुसन्धान प्रकाशनको वृद्धिदर ९.३ प्रतिशत र अमेरिकामा ०.५ प्रतिशत रहेको छ ।

Advertisement

यो संख्या पनि महत्त्वपूर्ण छ किनभने विश्वको कुल वैज्ञानिक अनुसन्धान प्रकाशनहरूको ७५ प्रतिशत जी २० देशका अनुसन्धानकर्ताहरूले सह–लेखन गरेका छन्। एल्सेभियरको प्रतिवेदनका अनुसार १४० करोड जनसंख्या भएको भारतमा अनुसन्धान प्रकाशनहरूको बढ्दो संख्या अप्रत्याशित होइन तर यो महत्त्वपूर्ण छ र यसको दीर्घकालीन प्रभाव छ। यसले विश्वव्यापी वैज्ञानिक उद्यममा योगदान गर्ने भारतको क्षमता बढिरहेको देखाउँछ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top