नेपालमा मेगाले चिनियाँ विद्युतीय भ्यान भित्र्याउने

२५ चैत ८०, सोमबार

२६ चैत, काठमाण्डौ।

नेपालमा विद्युतको प्रर्याप्तता र देशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेशनहरु संचालनमा आएसँगै विद्युतीय सवारी साधनको माग बढिरहेको अवस्थामा अब थप चिनियाँ विद्युतीय भ्यानहरु समेत नेपाली बजारमा आउने भएका छन् । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) सँगको सम्झौता अनुशार नेपालको लागि आधिकारिक बिक्रेता मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्ने भएको हो ।

Advertisement

यसका लागि विद्युतीय भ्यानहरु भित्र्याउनका लागि आधिकारिक बिक्रेताका रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुबीच यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको मेगा मोर्टसका प्रवन्ध निर्देशक महेश पलले जानकारी दिएका छन् । व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ ।

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, एक पटकको फुल चार्जमा २८५ किलोमिटर रेञ्ज , लिथिएम आएन ब्याट्री प्याक, २०५ एम. एम. ग्राउण्ड क्लिएरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका प्रमुख विशेषताहरु हुन् । यिनीहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइदैन ।

११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । चीन सरकारद्वारा सञ्चालित सीएचटिसी मोटरस विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीहरु मध्येको सिनोमाच ग्रुपको एक इकाई हो । समुच्च प्रविधिमा आधारित सीएचटिसी मोटर्स चीनको अटोमोबाइल बजारमा अग्रणी नाम हो । अप्रिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने निर्देशक पलले बताएका छन् ।

भन्सार विभागको पछिल्लो तथ्याङ अनुशार नेपालमा एक दशकमा ४६ हजारभन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिसकेका छन् । विद्युतीय सवारीको प्रयोगले इन्धनको खपत घट्दा यसबाट नेपाललाई वार्षिक सरदर ६ अर्बको इन्धन खर्च बचत भइरहेको अनुमान छ । विद्युतीय सवारीले वार्षिक २ करोड ६३ लाख भन्दा बढी युनिट विद्युत खपत गरेका छन् । यसबाट विद्युत प्राधिकरणले वार्षिक ३९ करोड ४९ लाख भन्दा बढी महसुल उठाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top