×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

ई–बम के हो ? जुन इजरेलसँग छ

२६ चैत्र २०८०

२६ चैत,एजेन्सी ।

सिरियास्थित इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको हवाई हमलापछि उक्त क्षेत्रमा तनाव चरम उत्कर्षमा पुगेको छ । इरानले धम्की दिएको छ कि उसलाई बदला लिने अधिकार छ। इजरायली गुप्तचर एजेन्सीहरूले इरानले लामो दूरीको मिसाइल र ड्रोनमार्फत इजरायललाई निशाना बनाउन सक्ने बताएको छ। यही डरका कारण इजरायलका धेरै महत्वपूर्ण क्षेत्रमा जीपीए सेवा अवरुद्ध भएको छ ।

Advertisement
Advertisement

यसैबीच, बेलायती सञ्चारमाध्यमले विशेष रूपमा डिजाइन गरिएको विद्युत चुम्बकीय बमको शक्ति उद्धृत गर्दै इरानलाई धम्की दिएको उल्लेख गरेका छन् । इजरायलले सैन्य संघर्षको स्थितिमा विशेष रूपमा डिजाइन गरिएको इलेक्ट्रोम्याग्नेटिक बमले इरानको विद्युतीय नेटवर्कलाई नष्ट गर्न सक्छ, द सन्डे टाइम्सले उल्लेख गरेको छ ।

लन्डनस्थित पत्रिका द सन्डे टाइम्सले एक अमेरिकी विज्ञलाई उद्धृत गर्दै भनेको छ कि यस प्रकारको विद्युत चुम्बकीय बमलाई जमिनभन्दा माथि विस्फोट गर्दा विद्युत चुम्बकीय पल्स उत्पन्न हुन्छ, जसले जमिनमा काम गर्ने सबै प्राविधिक उपकरणहरूमा बाधा पु¥याउँछ। प्रतिवेदनमा इजरायलले नयाँ प्रविधिको प्रयोग तेहरानको आणविक केन्द्रमा हुन सक्ने सम्भावित आक्रमणको सम्बन्धमा छलफलका लागि ल्याइएको दाबी गरेको छ।

बेलायती अखबारले यस्तो कदमले इरानलाई “ढुङ्गे युगमा फर्काउने“ बताएको छ। प्रतिवेदनमा भनिएको छ कि यस प्रकारको बमले गामा किरणहरू उत्सर्जन गर्दछ। जसका कारण नजिकै रहेका विद्युतीय उपकरणहरु जलेर खरानी हुने गर्दछ । विद्युत चुम्बकीय बमलाई ई–बम पनि भनिन्छ। एउटा हतियार जसले ऊर्जाको पल्स सिर्जना गर्न तीव्र विद्युत चुम्बकीय क्षेत्र प्रयोग गर्दछ।

बमले मानिस र भवनलाई कुनै क्षति नगरी इलेक्ट्रोनिक सर्किटलाई असर गर्छ। यो पल्सले इलेक्ट्रोनिक्स प्रणालीलाई अस्थायी रूपमा असक्षम पार्छ। यसबाहेक, यसले कम्प्युटर र अन्य इलेक्ट्रोनिक प्रणालीहरू रोक्छ। यो बमले उच्च स्तरको इलेक्ट्रोनिक सर्किटलाई पूर्ण रूपमा नष्ट गर्छ। यसरी विद्युत चुम्बकीय बमले कम्प्युटर, रेडियो र सवारी सहित विद्युत प्रयोग गर्ने कुनै पनि प्रकारको मेसिनलाई असक्षम पार्छ।

Advertisement

विद्युत चुम्बकीय बम मानिसको लागि घातक छैन। यो बमले बिजुलीमा निर्भर कुनै पनि उपकरण नष्ट गर्नेछ। संयुक्त राज्य अमेरिकाले इराकी स्याटेलाइट टेलिभिजनलाई नष्ट गर्न र प्रसारणमा बाधा पु¥याउन मार्च २००३ मा प्रयोगात्मक ई–बम तैनाथ गरेको थियो । अमेरिकामा सबैभन्दा धेरै ई–बम अनुसन्धान न्यू मेक्सिकोको किर्टल्याण्ड एयर फोर्स बेसमा रहेको वायु सेना अनुसन्धान प्रयोगशालामा गरिएको छ, जहाँ अनुसन्धानकर्ताहरूले उच्च शक्ति माइक्रोवेभ(ज्एः) को प्रयोगको खोजी गरिरहेका छन्।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top